Online Bichar
बुधबार, कार्तिक २६, २०८३ | Wednesday, November 11, 2026

गौरादह, ११  असार  ।   गौरादहमा मेरो वर्ष अभियान शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । विषादीयुक्त खानेकुराले हाम्रो स्वास्थ्यमा असर पार्ने हुनाले त्यस्ता विषादीयुक्त खानेकुराबाट कसरी बच्न सकिन्छ भनेर जानकारी दिनुका साथै नसर्ने रोगहरुको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगर स्वास्थ्य संयोजक पर्शुराम भट्टराईले जानकारी दिनुभयो ।

गौरादह नगरपालिका नगर स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा गौरादह नगर स्वास्थ्य सहसंयोजक गोविन्द श्रेष्ठले तनावरहित जीवनशैलीलाई आत्मसात् गर्नुपर्ने, रक्सी चुरोट र सूर्तीजन्य पदार्थबाट टाढा रहनुपर्ने, नियमित व्यायाम गर्नुपर्ने, स्वास्थ्य र पोषिलो खाना खानुपर्ने, नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने, प्रदुषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर र समुदाय सफा राख्नुपर्ने, ट्राफिक नियमको पालना गर्नुपर्ने र परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहनुपर्ने भनेर सहजीकरण गरेका थिए ।

गौरादह १ को वडा कार्यालयमा सम्पन्न कार्यक्रममा स्वास्थ्यकर्मी महिलाहरु कार्यपालिका सदस्य र स्वंयसेवीकाहरुको सहभागिता रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गौरादह नगर सामाजिक विकास समिति संयोजक मणिन्द्र कार्कीले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो । गौरादह नगरपालिका का मेयर रोहित कुमार शाह प्रमुख अतिथि रहनुभएको कार्यक्रममा उपमेयर गीता भेट्वाल, वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारी, प्रशासकिय अधिकृत सागर मिश्र, नगर शिक्षा अधिकृत टेकनाथ रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments