Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

झापा, ९  असार  ।   झापा जिल्लाको भद्रपुर नगरपालिकाको कार्यालयभित्र शंकास्पद वस्तु भेटिएको छ । नगरपालिकाको मेयरको कार्य कक्ष चढने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । कालो व्याग भित्र के छ भन्रे अवस्था छैन, प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

नगरपालिका कार्यालयमा शंकास्पद वस्तु फेला परेपछि बजार जाने सडक प्रहरीले अवरुद्ध गरेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

साँझ ८ बजे अज्ञात समूहले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई फोन गरेर नगरपालिका कार्यालयमा शंकास्पद वस्तु राखिएको जानकारी दिएलगत्तै प्रहरी टोली परिचालन गरिएको थियो । अहिले प्रहरी टोली घटनास्थल पुगेको छ ।

तपाईको प्रतिक्रिया