Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

झापा, ८  असार  ।   झापाको गौरादह नगरपालिका-८ मा  हिजो खाल्डोमा जमेको पानीमा डुबेर १ बालकको मृत्यु भएको छ । अपरान्ह ४ बजे सोही स्थान बस्ने तेज बहादुर बोहराको छोरा बर्ष १० को प्रशन्न बोहरा खेल्ने क्रममा सोही ठाउँमा रहेको TMT ईटाभट्टाको खाल्डोमा डुबिरहेको अवस्थामा फेला परेका थिए ।

डुबेर गम्भीर भएका बालकलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक लैजाने क्रममा अपरान्ह साढे ५ बजे बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ ।

तपाईको प्रतिक्रिया