Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

मलंगवा, ३   असार  ।   घरको छतबाट खसेर सर्लाही सदरमुकाम मलङ्गवामा मंगलबार दिउँसो एक युवतीको ज्यान गएको छ। लुगा सुकाउने क्रममा घरको छतबाट खस्दा मलङ्गवा नगरपालिका ३ का राकेश गुप्ताकी १६ वर्षीया छोरी सपना गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिए।

दुई तले घरको छतबाट खसेर गम्भीर घाइते बनेकी गुप्ताको सर्लाही अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक युवती माध्यमिक शिक्षा परीक्षा (एसईई)दिएर बसेका थिइन्।

तपाईको प्रतिक्रिया