Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

                      विमल लामिछाने

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

भूमिका
आज फागुन १ गते जनयुद्ध दिवस मनाइँदैछ । नेपालमा परिर्वतनका पक्षधरहरुले जनयुद्ध मनाइरहेका बेला विश्वले नेपाललाई पर्केर हेर्न बाध्य भएको छ । वि.सं. २०५२ साल फागुन १ गते नेकपा (माओवादी)को नेतृत्वमा देशलाई अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गरी नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादको स्थापना गर्नका लागि जनयुद्धको थालनी गरिएको थियो । जनयुद्धले आज २२ वर्ष पूरा गरेको छ ।

विद्रोहले निरंकुशका ढोका ढक्ढक्याउन सफल भएकै हो । जनयुद्ध नेपालको इतिहासमा सर्वाधिक ठूलो सशस्त्र आन्दोलन थियो, जसको लक्ष्य नयाँ जनवादी राज्यसत्ताको स्थापना थियो । सामन्तवाद, दलाल र नोकरशाही पुँजीवादका विरुद्धको यो सशस्त्र विद्रोह बन्दुकको नालबाटै जनताको राज्यसत्ता स्थापना गर्ने र साम्यवादी सासन ब्यवस्थामाको परिकल्पना गरेको थियो ।

२२ वर्षको अवधिमा संघर्षको रुप कसरी बदलियो, उपलब्धि के के भए, लक्ष पूरा हुन नसक्नुका कारणहरु के के छन् ? यी नै विषयहरुलाई संक्षेपमा हेरौं ।

जनयुद्धको तरङ्ग
दश बर्षसम्म भीषण रुपमा चलेको बर्गसंघर्षले सिङ्गो देशलाई नै तरङ्गित तुल्यायो । जनयुद्ध रणनीतिक रक्षा, सन्तुलन र प्रत्याव्रmमणको चरण हुँदै विकसित हुँदै पार्टी, जनसेना र संयुक्त मोर्चाका क्षेत्रमा गुणात्मक उपलब्धि हासिल ग¥यो । देशव्यापी रुपमा ग्रामीण क्षेत्रमा आधार इलाका स्थापित भए ।

समय परिवर्तनशील छ । गतिशील समयको पावन्दीसँगै समाज रुपान्तरणको प्रव्रिmया तीव्र गतिमा अघि बढिरहेको छ । यो मोडसम्म इतिहासलाई डोहो¥याउन हामीले धेरै क्षति पनि मोलेका छौँ र उपलब्धिहरू पनि हासिल गरेका छौँ ।
नेपाली जनयुद्ध विश्वसर्वहारावर्गका लागि पनि आकर्षण र गौरवको विषय बन्यो । परन्तु, पार्टीभित्र केहि नेतृत्वमा दक्षिणपन्थी नवसंशोधनवादी विचलन पैदा हुनुको कारण महान् जनयुद्धले गम्भीर धक्का खायो । यो सत्य नेपाली वर्गीय क्रान्तिको इतिहासमा कदापी छिपाउन सकिन्न । शान्ति प्रक्रियाबाट अवतरण गर्ने छोटो समय अविश्मरणीय बन्न पुग्यो । यही अवतरणको प्रक्रियामा आएर सिङ्गो माओवादी आन्दोलनले पटक पटकको टुटफुटका श्रृङ्खलाहरू पार गर्नुपर्ने बाद्यात्मक स्थितिको सामना गर्नुप¥यो ।

जनयुद्धको दौरानमा झण्डै चौध हजारभन्दा बढी योद्धाले सहादत प्राप्त गरे । कैयौँ योद्धाहरू राज्यद्वारा बेपत्ता पारिए र कयौँ योद्धाहरू घाइते अपाङ्ग भएर आजपनि तइपी तइपी रुँदै जिउनु परेको छ ।

समिक्षा गर्नुपर्ने विषय
जनयुद्धका दशवर्ष र शान्ति प्रव्रिmयाका पछिका वर्षहरूलाई आजका माओवादीहरूले कसरी मूल्याङ्कन गर्ने ? वास्तवमा माओवादी आन्दोलनको विचलन र विघटन कहाँबाट सुरु भयो ? जनयुद्ध आरम्भदेखि चुनबाङसम्मको अवधिलाई कसरी समीक्षा गर्ने ? चुनबाङदेखि काठमाडौँसम्मको यात्रालाई कसरी विश्लेषण गर्ने ?

शान्तिप्रव्रिmयामा आएदेखि खरिपाटी र बबरमहल भेला सम्मको माओवादी आन्दोलनको विभाजन र नयाँ धुव्रीकरणलाई कसरी बुझ्ने ? विचार मन्थनले विभाजनको रुप किन लियो, यसका पछाडि के थियो ? संविधान निर्माण प्रक्रियाप्रतिको संघर्ष र लचकता अनि सरकार प्रवेश र चुनावी माहौल पछिको तरंगलाई उपलब्धि नै उपलब्धीको नजरले हेर्न मिल्छ कि मिल्दैन ? यी प्रश्नको जबाफ आजका व्रmान्तिकारी माओवादीहरूले खोज्न जरुरी छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

धर्ती हल्लाउने छाल
वास्तवमा जनयुद्धका दश वर्ष माओवादी आन्दोलनको एउटा स्वर्णयुग भन्दा अतियोक्ति नहोला । किनभने दश वर्षे जनयुद्धले नेपालको सामन्तवादी संरचनालाई जरैदेखि हल्लाइदियो । सामन्तवादका जराहरू गाउँ गाउँबाट काटिए । जनयुद्धले सशस्त्र छापामार टुकडीको निर्माण गर्दै दशौँ हजारको सङ्ख्यामा विशाल जनमुक्ति सेना निर्माण ग¥यो । हजारौँ पूर्णकालीन कार्यकर्ता उत्पादन ग¥यो । तिनै कार्यकर्ता र जनसेनाको बलमा गाउँ–गाउँबाट स्थानीय सत्ता निर्माण भए ।
स्थानीय सत्ताबाट जिल्ला जनसरकार हुँदै माओवादीले केन्द्रीय जनसरकारमा पटक–पटक पुग्यो । देशव्यापी रुपमा माओवादी आन्दोलनको फैलावट भयो, आफ्नै जनसेना, जनसत्ता, जनअदालत र जनकम्युनहरू स्थापना गर्नु कम्ति चानचुने कुरा थिएन । नेपाली धर्तीमा यति ठूलो सशस्त्र आन्दोलन कहिल्यै भएको थिएन ।

संघर्ष उत्कर्षमा पुग्दै जाँदा गाउँलाइ टेकेर शहरलाई छेक्ने योजनाले ढाडमा टेकेर टाउकामा हान्ने रणनीति तय ग¥यो, माओवादी आन्दोलनले खासगरी विपन्न किसान, उत्पीडित महिला, दलित, जनजाति, मधेश र उपेक्षित क्षेत्रका समुदायमा ठूलो प्रभाव पा¥यो । विविध परिघटनाहरूबीच ०६२ असोज कार्तिकमा रुकुमको चुनबाङमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले राजनीतिक कार्यदिशाको रुपमा लोकतान्त्रिक गणतन्त्रको कार्यनीति र फौजी रुपमा ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति पारित ग¥यो ।

दस्तावेजमा टेकेर बहस गर्ने हो भने कार्यनीतिक रुपमा चुनबाङले तय गरेको राजनीतिक र फौजी कार्यनीतिलाई तत्कालिन नेतृत्वको टीमले विभाजनको बाटो नखोजि इमान्दारितापूर्वक कार्यान्वयन गर्न सकेको भए नेपालमा नयाँ ढङ्गबाट व्रmान्ति सम्पन्न गर्न सकिने निश्चित थियो, तर त्यो हुन सकेन ।
अन्य पार्टीहरु विशेष गरेर एमाले र नेपाली काँग्रेस समेतको बलमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो । मुलुकले नयाँ संविधान पायो । नयाँ संविधान पाएपनि क्रान्तिकारी पक्षधर श्रमिक जनताकालागि चित्तबुभ्mदो संविधान बन्न सकेको छैन । यो सिङ्गो नेपाली समाजले स्वीकार गरेको विषय बन्न पुगेको छ ।

पार्टीको राजधानी यात्रा
शान्तिपूर्ण बाटोवाट केन्द्रीय सत्ता कब्जा गर्न आएपछि माओवादी उल्टै संसोधनवादका पक्षधरको कब्जामा परे । जसका कारण सिङ्गो माओवादी आन्दोलनले ठूलो धक्का खानुप¥यो । शान्तिप्रव्रिmयामा प्रवेश गरेपछि माओवादी आन्दोलन ओरालोतिरको यात्रामा लाग्यो । यो बीचमा माओवादीहरूले थोरै उपलब्धि तर धेरै क्षति र पराजय भोग्नुप¥यो । आन्दोलन र सङ्घर्ष होइन खाली वार्ता र सम्झौताको बाटो अबलम्न गर्न थालेपछि सिङ्गो माओवादी आन्दोलनले आफ्नो आयतन कमशः घटाउन पुग्यो । माओवादीका धेरै नेताहरू संसदतिर छिरेपछि पार्टी कार्यव्रmमहरू स्थगत जस्तै हुन पुगे ।

नेताहरू संविधानसभा (संसद) भवनमा पसेपछि एकातिर लोभ र लालचले घर गर्दै गयो र जनयुद्धले सिकाएको सामुहिकताले घुम ओड्दै गयो, भने अर्कोतिर कार्यकर्ताहरु विचलित जस्तै भए, यही बेला कार्यकर्तामा निराशा, कुण्ठा र अराजकता भरिदै गयो, कसैले कसैलाई नटेर्ने र नगन्ने स्थिति भयो । इमान्दार कार्यकर्ताहरू क्रान्तिको भविष्यप्रति चिन्तित भएर कुनै विकल्प नपाएपछि पलायन हुने स्थिति आयो । समग्रमा पार्टीमा दोस्रो दर्जाका नेतृत्वले इमान्दार भन्दा चोरी चकारी र चाकडी जान्ने कार्यकर्ता नै प्यारो मान्ने अवस्था आयो, धेरैजसो कमिसनखोरी, तस्करी, भूमाफियाका भागिदार, साक्षि र लगौटीया बन्न पुगे । उनीहरुलाई नै नेतृत्व विकास गरियो । यसको उचित समिक्षा गर्न पार्टी तयार हुन्छ या हुँदैन, तर यो प्रवृतिले पार्टीमा ठूलो क्षेति पुगेको भने अवश्य हो ।

अहिलेको बाटो र निकास
कतिपय जाति, वर्ण र वर्गका नाममा पार्टीको मुख्य नेतृत्वलाई अकमन्यतामा फसाउने नियतीको खेल जिम्मेवार कार्यकर्ताबाटै भएपछि अहिलेसम्म माओवादी पार्टीले सैदान्तिक रुममा खुट्टा लर्वराउनु परेको छ । र क्रान्तिलाई संवैधानिक बाटोबाट अवतरण गर्नु परेको छ ।

अहिले मुलुकले लोकतान्त्रिक संविधानको बाटो समातेको छ । यो उपलब्धी हो या होइन परिणाम आउन बाँकी नै रहेता पनि जनयुद्धको उपजको रुपमा मुलुकले संविधान पाएको छ, भन्न सकिन्छ । केही व्यक्तिहरू हार्दैमा, गल्दैमा र कोही मान्छेहरू गोलचक्करमा हराउँदैमा कुनै पनि क्रान्तिले हार्दैन । समयक्रमले पछिल्लो निर्वाचन परिणाम सम्म आउँदा बाम शक्ति घटकहरुलाई एकैठाउबाट लड, जनताकालागि लड,भन्ने सन्देश जनताले दिएका छन् । यसको मतलव हुन्छ माओवादी केन्द्र र एमाले सैद्धान्तिक रुपले एकैठाउँ हिड्न सक्ने भयौ भनेको नै हो । नेतृत्वले यसलाई आत्मसाथ गर्न सक्नुपर्छ ।

एमालेले माओेवादको नाममा भएको जनयुद्धलाई र माओवादी केन्द्रले बहुदलीय जनवादलाई आत्मसाथ गर्न सके एउटै बाटोमा हिड्न सक्ने बातावरण बन्ला या बहसले अरु मध्यमार्गी योजनामा छरिएर रहेका सबै बाम घटकलाई एउटै सूत्रमा केन्द्रत गर्न सक्ला, यो प्राविधिक कुरा हो, तर एकता एकताकालागि वा संसदीय विकासकालागि मात्र होइन, श्रमिक मजदुर र किसानको गुणात्मक विकास र समृद्धी सहितको परिर्वतनकालागि हुनु पर्छ । न कि मजदुरले न्यायकालागि पुनः इतिहासको अविश्मरणीय फागुन एकमा फर्कनु नपरोस् ।

अन्तिममा फागुन १ को व्रmान्तिकारी र गौरवशाली इतिहासलाई संरक्षण गरेर अघि बढ्न परिर्वतनका पक्षधरहरुलाई प्रेरणा मिलोस्, क्रान्तिकारीका सपनाहरू कहिल्यै मर्दैनन् । इतिहासमा जित इमान्दार र कर्तब्यनिष्ठ क्रान्तिकारीहरूकै हुनेछ । फागुन १ कम्युनिष्टहरूको बृहत एकता र परिवर्तनको दिन बन्न सकोस् । शुभकामना ।
(सन्दर्भः जनयुद्ध दिवस)

तपाईको प्रतिक्रिया