Online Bichar
मंगलबार, मंसिर ०२, २०८३ | Tuesday, November 17, 2026

काठमाडौँ, २ असार  ।   त्रिभुवन विश्वविद्यालय (त्रिवि)सेवा आयोगको कार्यालयमा तालाबन्दी गरिएको छ । नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले आज तालाबन्दी गरेको हो ।

परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेको भन्दै विरोधस्वरुप तालाबन्दी गरेको अनेरास्ववियुले जनाएको छ ।। ‘‘परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका छन् ,’’ क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले भने ।

हामीले पहिल्यैदेखि नै अनियमितता गरी प्रकाशन गरिएको नतिजा स्थगन गर्न माग गरेका थियौँ तर परीक्षा स्थगन नगरी अन्तर्वार्ता लिइरहेकाले तालाबन्दी गरेका हौँ ।’’ उनले थपे ।

गत जेठ ३० गते आयोगका अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी गरेका क्रान्तिकारीका विद्यार्थीहरू जेठ ६ गतेदेखि परीक्षा खारेजीको माग गर्दै आयोग अगाडि रिले अनशन बसिरहेका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments