Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

 

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
डण्डिराज घिमिरे “बिबेक”

“विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही छ भने नभएका चिज प्राप्त हुन्छन् तर यो गलत छ भने प्राप्त उपलब्धी पनि गुम्नेछन् ।” – माओ

विचार जुनसुकै क्रन्तिकारी आन्दोलनमा सबभन्दा महत्वपूर्ण पक्ष हो । यही आधारमा माओवादले जनयुद्धको तयारी र थालनीदेखि नै विचारको निर्माण र विकासमा ध्यान दिएको पुष्टि भैसकेको छ ।

कमरेड प्रचण्डको कुशल नेतृत्वमा २०५२ साल देखिको नेपालको राजनीति बर्तमानको नयाँ नेपाल निर्माणको चरणमा आइपुगेको सर्बबिदितै छ । देश यतिखेर जनयुद्धले उठान गरेका एजेण्डाको केन्द्रमा अघि बढिरहेको छ ।
तसर्थ प्रचण्डको नेतृत्वमा नै अबको बाँकी क्रान्तिको समाजवाद तर्फको यात्रा तय गर्न बृहत एकता सहित नेपाल कम्युनिष्ट केन्द्र बनाएर अघि बढ्न कत्ति पनि ढिला गर्नु हुन्न ।

जनयुद्ध दिवसको आजको सन्दर्भमा अबको नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य के हो ? मालेमावादको पथ–प्रदर्शक सिद्धान्तबाट अघि बढेको माओवादी केन्द्र र जबजको मार्गदर्शन बाट अघि बढेको एमाले बीचको निकट भबिष्यमा हुने भनेको पार्टी एकता पछिको पथ–प्रदर्शक सिद्धान्त के हुने ? समाजवादी क्रन्तिको कर्यदिशा कस्तो हुने ? गम्भिर बहस, छलफल र मन्थनको एजेण्डा बनिरहेको छ ।

नेपाली क्रन्तिले वर्तमानमा हासिल गरेका उपलब्धिको जगमा उभिएर संबैधानिक बाटो बाटै समाजवाद सम्मको भविस्य सुनिश्चित गर्न क्रन्तिकारी विचार, क्रन्तिकारी पार्टी र क्रन्तिकारी नेतृत्वको निर्माण र विकास अहिलेको जरुरी विषय हो ।
समाजवाद तर्फको अबको यात्राले नै दुबै पार्टीलाई एकठाउमा आउने वातावरण बनेको हो । जुनकुरा माओवादी केन्द्रको आठौं हेटौंडा महाधिवेशन र नेकपा एमालेको नवैं महाधिवेशनका लिखित दस्तावेजहरुले बोलिसकेका छन् ।

दुबै पार्टीहरु यतीबेला जबज र एक्काइसौं शताब्दीको जनवादलाई पुँजीकृत गर्दै माक्र्सवादको विकसित र मौलिक प्रयोग मार्फत नेपालको सापेक्षतामा मौलिक समाजवादी क्रान्तिको कार्यदिशा तय गरेर एक भएर अघिबढ्न सहमत र दृढ संकल्पित छन् ।

समाजवादी क्रान्तिको रणनीतिक लक्ष हासिल गर्न तदनुरुपको रणनीतिक योजना र कायनीतिक श्रृङ्खलाका साथ अघि बढ्न नेपालका कम्युनिष्टहरु एकठाउँमा उभिनु पर्ने आवस्यकता अब निश्चयनै छ ।

नेपालको राजनीतिमा यतिवेला ०५२ सालमा नेकपा माओवादीले जनयुद्ध सुरु गर्दा भन्दा पनि ठूलो राष्ट्रिय तथा अन्तराष्ट्रिय तरंग एमाले र माओवादी केन्द्र दुई पार्टी बीचको एकताले ल्याएको छ ।

पार्टी एकता र नयाँ क्रन्तिकारी उचाई सहितको अब बन्ने पार्टीले समाजवादी क्रन्तिको नयाँ रणनीतिले माग गरेको क्रान्तिकारी चरित्रयुक्त सुदृढ सर्वहारावर्गीय पार्टीको ऐतिहासिक अवस्यकतालाई पक्कैपनि पूरागर्न सक्ने छ । भर्खरै सम्पन्न निर्वाचनको जनादेशले पनि यो सावित गरिसकेको छ ।

पार्टी एकताले प्रतिक्रियावादीहरुको कित्तामा ठूलै भुकम्पको धक्का र खैलाबैला भैरहेको देखिन्छ । भारतीय गुप्तचर “रअ” को एमाले अध्यक्ष केपी ओली भेट्न बैंककको दौडाहा र सुस्मा स्वराजको नेपाल आगमन र कुटनीतिक भन्दा पनि राजनीतिक भेटघाटको हतारो आदिले भुकम्प र पराकम्पनहरु खुलेआमा देखिएका छन् अहिलेको राजनीतिक तरलतामा । यो सबै दुई पार्टी बीचको एकताको बिपक्षमा सकेसम्मको प्रयास प्रयत्न बाहेक केही होइन ।

दुवै पार्टीका अध्यक्षहरुको अभिब्यक्तिलाई सापट लिएर भन्ने हो भने एमाले र मओवादी केन्द्र बीचको पार्टी एकता अब दुनियाको कुनै पनि ताकतले रोक्न सक्ने छैन् । नेपाल कम्युनियट केन्द्र बन्ने निश्चित छ , एकता भएरै छाड्ने छ ।
सो पार्टी मार्फत समाजवादको अबको गौरबमय यात्रामा सरकारको प्रमुखमा राजनेता केपी शर्मा वली र पार्टीको अध्यक्षमा क्रान्तिका नायक राजनेता पुष्पकमल दहाल प्रचण्ड हुन अपरिहार्य छ । यो युगको माग हो , परिस्थितिको उपज हो ।

यहाँसम्म आइपुग्दा जनसंघर्षबाट प्राप्त उपलब्धी राजनीतिक रुपमा उल्लेख्य भए पनि आर्थिक दृष्टिले ती उपलब्धीलाई जनताले चुम्न सकेको अवस्था छैन । किसान, मजदुर र श्रमजीविको आर्थिक जीवनमा परिवर्तन महसुस हुन सकेको छैन् ।
युवाहरु बेरोजगार बस्नुपर्ने र विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्यय हुन सकेको छैन । वर्गीय खाडल झन धेरै बढेको बढेइ छ ।

अब समृद्ध नेपालको विशिष्ट योजना सहित यो परिस्थितिको अन्त्य नगर्ने हो भने राजनीतिक परिवर्तनको महत्व झन फिक्का हुदै जाने छ ।

तसर्थ अब बन्ने कम्युनिष्टको स्पष्ट बहुमत सहितको सरकारले समृद्ध र भ्रष्टचार रहित समुन्नत नेपाल निर्माणमा तत्काल जुट्नुको बिकल्प छैन । समृद्ध नेपाल निर्माणको स्वर्णीम अवसर र जनादेश सहितको गहन जिम्मेवारी राजनेता केपी शर्मा वलीको प्रधानमन्त्रीत्वमा सम्भव हुने पनि निश्चित छ ।

आम सर्बहारा नेपाली जनता कम्युनिष्ट पार्टीहरुको एकता सहितको अबको सरकारको ब्यग्र प्रतिक्षामा छन् । विकास र समृद्धीको सपना सजाएका नेपाली जनताको आसा र भरोसाको केन्द्र पनि अब बन्ने सिंगो कम्युनिष्ट पार्टी नै हो ।

जनयुद्ध दिवसको यो महान र गौरवशाली ऐतिहासिक क्षणमा शहिद, बेपत्ता प्रति हार्दिक श्रद्धाञ्जी तथा घाइते, अपाङ्ग, पूर्व जनमुक्तिसेना, पूर्णकालिन नेता कार्यकर्ता प्रति हार्दिक सम्मान सहित अभिनन्दन ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया