Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै कठोर राजनीतिक निर्णय लिन पनि सक्ने बताएका छन् ।

आइतबार चितवनमा आयोजित प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले अहिलेको सन्दर्भमा आफूले अघि सारेको यो भनाइको अर्को राजनीतिक अर्थ नलगाउन पनि आग्रह गरे । दुई पार्टी एकीकरणका सन्दर्भमा प्रचण्डले भने, ‘म काठमाडौँ गएपछि कुराकानी हुन्छ ।

मेरो चाहना छ दुई तीन दिनभित्र टुंगियोस्, यो कुरा नलम्बियोस् । पार्टी एकीकरण लम्बिएलाजस्तो भन्दा पनि टुंगिएलाजस्तो मैले देखिरहेको छु ।’

अध्यक्ष प्रचण्डले शनिबार भरतपुरमा आयोजित एक कार्यक्रममा देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया