Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय संसदले पूर्णता पाएसंगै नेपाली कांग्रेस सरकारबाट बाहिरिने बताएका छन् ।

नेता निधिले पार्टीका तर्फबाट समानुपातिकतर्फ निर्बा्चित हुनेको सूची निर्बाचन आयोगमा पठाउने अन्तिम गृहकार्य गरिरहेको भन्दै आगामी साता कांग्रेस सरकारबाट बाहिरिने बताए ।

नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको १० औं केन्द्रीय महाधिबेशनको आइतबार काठमाडौंमा उद्घाटन गर्दै पूर्वउपप्रधान एवं गृहमन्त्री निधिले राजनीतिक अस्थिरताका कारण सरकारी संस्थानहरु धरासायी भएको बताए । उनले जनतामाझ बिश्वासनीयता आर्जन गरेका यस्ता सार्बजनिक संस्थान यो अबस्थामा पुग्नुमा मुख्य जिम्मेवारी नेतृत्वको भएको उल्लेख गरे ।

दुग्ध विकास संस्थानको दूध उत्पादन र बितरण प्रणालीमा परिबर्तन ल्याउनु पर्ने आबश्यकतामा जोड दिदैं उनले गुणस्तरमा कुनै संझौता नगरी आफ्नो क्षेत्र बिस्तार गर्न संस्थानका कर्मचारीहरुलाई आग्रह गरे ।

संघीय संरचनामा मुलुक अगाडि बढेपछि सरकारले प्रदेशमा खटाएका कर्मचारी कार्य क्षेत्रमा नगएको तर्फ ध्यानाकर्षण गराउँदै नेता निधिले संघीय संरचना अनुसार कर्मचारीले आफूलाई रुपान्तरण गर्नुपर्ने बताए । उनले संघीय शासन व्यबस्थाले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने बिश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया