Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

धरान, २७  जेठ  ।   धरानमा डेंगुको महामारी फैलिएर नियन्त्रण बाहिर गएपछि प्रदेश १ सरकारले डेंगु महामारी नियन्त्रणका लागि प्रभावित क्षेत्रका लागि दुइ थान भेन्टिलेटर सहित ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश १ को आजको सदनमा मुख्य मन्त्री शेरधन राईले सङ्त्रmमितको निशुल्क उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत खर्च गर्ने गरी ५० लाख र महामारी न्यूनीकरण अभियान सञ्चालन गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो ।

प्रदेश सरकारले सङ्क्रमितको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई वटा भेन्टिलेटरसमेत उपलव्ध गराउने तयारी गरेको उहाँको भनाई छ । आपत्कालीन उद्धार कोष अन्तर्गत प्रदेश सरकारले बजेट तत्काल निकासा हुने गरी विनियोजन गरेको मुख्यमन्त्री राईले बताउनुभयो ।

धरानमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३ सय ६८ पुगेको छ । बीपी प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा विकास साहका अनुसार १ हजार २ सय ३० जनाको रगत जाँच गरिएको मध्ये ३ सय ६८ जनामा डेङ्गुको भाइरस फेला परेको हो । प्रतिष्ठानमा आज पनि ५४ जना डेंगुका नयाँ संक्रमित थपिएका छन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया