Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं । नेकपा एमालेभित्र विवाद चर्किएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेको भन्दै शीर्ष नेताहरुले कडा आपत्ति जनाएको बताइएको छ ।

वरिष्ठ नेताद्वोय माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले छुट्टै ‘क्याम्प’ खडा गर्ने तयारी गरेको बुझिएको छ । अध्यक्ष ओलीले चुनावमा टिकट वितरणदेखि मुख्यमन्त्री, सभामुख चयनलगायतका विषयमा गुटबन्दी गरेको उनीहरुको आरोप छ ।

नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले ओलीविरुद्ध मोर्चावन्दी गर्ने तयारीमा लागेको एमालेका एक स्थायी कमिटी सदस्यले बताए ।

उनका अनुसार अध्यक्ष ओलीले प्रदेश सभाको मुख्यमन्त्री, सभामुख चयनमा एकलौटी ढंगले अघि बढेको भन्दै अब केन्द्रीय सरकार गठनमा मन्त्रीहरुमा भाग खोज्ने तीन नेताहरुले तयारी गरेका छन् । ओलीमा धेरै घमण्ड रहेको भन्दै नेताहरुले ओलीको घमण्डलाई नंग्याउनुपर्ने निश्कर्ष निकालेको उनले बताए ।

अध्यक्ष ओली यसअघि पनि एकलौटी ढंगले चल्ने गरेको तर पछिल्लो समय अझै उग्रहरुपमा अघि बढेका असन्तुष्ट पक्षको आरोप छ ।

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको प्रमुख दावेदार मानिएको पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पछि पार्दै ओली निकट डोरप्रसाद पौडेललाई गुटबन्दी गरी संसदीय दलको नेता निर्वािचत भएपछि एमालेमा विवाद थप चर्किएको हो ।

पार्टीमा जीवन सम्पर्ण गरेका वरिष्ठ नेताहरुलाई पाखा लगाउदै ओलीले आफू निकटका नेताहरुलाई अगाडि ल्याएको नेपाल समूहको आरोप छ । नेपाल समूहका भीम आचार्य पनि प्रदेश नम्बर १ का मुख्यमन्त्रीका दावेदार थिए तर उनी पनि निर्वाचन मार्फत पराजित भए ।

एमालेबाट मुख्यमन्त्री बन्न लागेका सबै ओली पक्षका नेताहरु हुन ।

नेकपा माओवादी केन्द्रसँगको पार्टी एकतामा पनि ओली पक्ष अनुदार भएको नेपाल पक्ष नेताहरुको आरोप छ ।

तपाईको प्रतिक्रिया