Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

जनकपुरधाम,  १९  जेठ  ।   लोकसेवाले सातै प्रदेश अन्तरगतका स्थानीय तहका लागि जेठ १५ गते निकालेको कर्मचारी भर्नाको विज्ञापनप्रति मधेस ईन्जिनियर्स एसोसिएसनले असन्तुष्टि जनाएको छ । एशोसिएसनले गैरसमावेशी रुपमा निकालेको विज्ञापन नसच्याए लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी समेत दिएको छ।

मधेस ईन्जिनियर्स एसोसिएसन केन्द्रीय कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहको लागि लोक सेवा आयोगले भर्खरै निकालिएको विज्ञापनप्रति मधेस ईन्जिनियर्स एसोसिएसनले घोर भर्त्सना गर्दछ ।’

मधेसी, आदिवासी जनजाति को लामो सङ्घर्षको बेला सयौँको बलिदानी, हजारौँ(हजारका घाइतेको त्यागको प्रतिफलका रूपमा स्थापित समानुपातिक समावेशी प्रतिनिधित्वको अधिकारलाई बेवास्ता गरिएको एशोसिएसनको भनाइ छ । उनीहरुको मर्म र भावना विपरीत लोकसेवा आयोगले निकालेको विज्ञापन खारेज गरी मधेसी, आदिवासी, जनजाति , महिला, मुस्लिम, अपांग, पिछडावर्गलाई सम्बोधन हुने गरी पुनस् विज्ञापन गर्न उसले आयोगलाई अनुरोध गरेको छ ।

‘लोकसेवा आयोगले एकमुष्ट रूपमा निकालेको विज्ञापनलाई कर्मचारी समायोजन एेनअनुसार विज्ञापन प्रत्येक स्थानीय तहको छुट्टाछुट्टै रूपमा मान्न सकिँदैन । मुलुक संघीयतामा गइसकेको बखतमा प्रदेशले गर्नुपर्ने विज्ञापन सङ्घले गर्न नै मिल्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ उक्त विज्ञापन रोकी प्रदेश अन्तरगतका आयोगहरूलाई समानुपातिक समावेशीको सिद्धान्त एवं मर्म अनुरूप हुनेगरी सच्याउन जोडदार माग गर्दछौँ । साथै एक हप्ताभित्र नसच्याए लोकसेवा आयोगमा तालाबन्दी गर्न बाध्य हुनेछौँ ।’

लोक सेवा आयोगले निकालेको विज्ञप्तिलाई सच्याउन यस अघि राजपा नेपाल, नेकपा नेता प्रभु साह र प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले विरोध जनाइसकेका छन् ।न्यूज२४

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments