Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

                            डण्डिराज घिमिरे “बिबेक”

मान्छेले मान्छेको मल–मुत्र, दिशा, गुहु खान्छ ? नखानुपर्ने तर मान्छेले आफू खाइरहेको र अरुलाई ख्वाइरहेको पनि छ । आश्चर्य लाग्न सक्छ कसरी दिसा खान्छ मान्छे ?

आश्चर्य मान्नु पर्दैन बुझिबुझि बुझपचाएर अझै पनि  दिशा खादैछ मान्छे । जब सम्म चर्पीमा दिशा गर्दैन र गराउदैन मान्छे तब सम्म दिशा खाइनै रहन्छ । सम्झौं त हामीलाई धेरै पटक जुका परेको छ । झाडापखाला र आउँ तथा मासी पर्नुका साथै हैंजाले पनि पटक पटक सताएको छ ।

दिशा खाएर नै यी रोग लागेका हुन् हामीलाई । यी रोग लाग्ने मुख्य कारण नै रोगीको दिसा हो । धेरै बालबालिकाको यिनै रोगको कारण मृत्यु समेत हुने गर्दछ । यी सरुवा रोग के माध्यम बाट सर्छन् ? दूषित खाना र पानीको कारण यी रोग हामीलाई लागेका हुन् ।

औषधि बिज्ञानका अनुसार एउटा पोथी जुकाले एक दिनमा दुई लाख भन्दा बढी फुल पार्छ र ती फुलहरु रोगीको दिसासँगै बाहिर आउँछन् । खुल्ला ठाउँमा रोगीले दिशा गरेपछि झिंगा, भुसुना, साङ्ला वा अन्य माध्यमबाट ती फुलहरु हामीले खाने खानेकुरा, पानी वा हातको माध्यमबाट मुखमा पुग्छन् । शरिर भित्र प्रबेश गरेपछि बिभिन्न चरण पार गर्दै उक्त फुलले एक पूर्ण जुकाको रुप लिई हामीलाई सताउन थाल्दछ ।

झाडापखाला, आउँ तथा हैंजा पनि खुल्ला ठाउँमा रोगीले गरेको दिसाको कारण नै फैलने हो । रोगीको दिसामा रोगका जिवाणुहरु हुन्छन् र फोहोर हात, पानी, खाना, झिंगाको माध्यमबाट हाम्रो खानामा जीवाणुहरु सर्छन् । हामीले उक्त खाना खाँदा जीवाणुहरु समेत खान पुग्छौं र हामीलाई यी रोगहरुले सताउद छ । यसरी हामीले दिसा खाइरहेका छौं र ख्वाइरहेका छौं किनकी हामीलाई यस्ता प्रकारका सरुवा रोगले पटक पटक सताइरहन्छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

झिंगा, भुसुना, साङ्ला र किराहरुको कुनै सिमना हुँदैन् । तपाईंले चर्पीमा दिसा गरेपनि तपाईको छिमेक र वरपर चर्पी छैन भने तपाई पनि असुरक्षित हुनुहुन्छ । तसर्थ आफू, छिरछिमेक र समाजका प्रत्यक घरमा चर्पी बनाउन तत्काल जुटौं । दिसा नखाइ, स्वस्थ निरोगी र सभ्य नागरिक बन्न बनाउन नेपाल सरकारले “खुल्ला दिसा मुक्त” राष्ट्रिय अभियान संचालन गरेको छ । यसलाई सफल पार्न सबै नगरिक जुटौं ।

 

तपाईको प्रतिक्रिया