Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

झापा – देवीप्रसाद काफ्ले स्मृति प्रतिष्ठान गौरादहले तेस्रो स्थापना दिवसको अवसर पारेर शुक्रबार बिबिध कार्यक्रम सम्पन्न गरेको छ ।

गौरादह नगरपालिका–५ स्कुलचौनको सामुदायिक भवनमा भएको सो कार्यक्रम तीन खण्डमा संचालन सम्पन्न भएको हो । प्रतिष्ठानका कोषध्यक्ष मित्रदेव काफ्लेका अनुसार कार्यक्रममा गौरादह नगरपालिकाका निर्बाचित जनप्रतिनिधिहरुलाई सम्मानको कार्यक्रम, त्यसैगरी स्थानीय तहका अधिकार र कार्यान्वयनका कानुनी प्रावधानको अभिमुखिकरण कार्यक्रम तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा स्व. देवीप्रसाद काफ्लेका भाइ, गौरादह क्षेत्रका राजनीतिक, सामाजिक अगुवा डिल्लीराम काफ्लेद्वारा लिखित आफ्नै कथा शीर्षकको पुस्तक कार्यक्रमका अतिथिहरु द्वारा संयुक्त रुपामा लोकार्पण गरिएको थियो । लेखक काफ्लेले सो पुस्तकमा आफ्नो जीवन कालका सामाजिक राजनितिक भोगाइ र पारिवारिक इतिहास समेट्ने प्रयास गरेको बताएका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
लेखक डिल्लिराम काफ्ले आफ्नो बिचार राख्दै

झापाली कम्युनिष्ट आन्दोलनका अगुवा, सामाजिक तथा राजनीतिक व्यक्तित्व देवी प्रसाद काफ्लेको स्मृतिमा २०७१ सालदेखि देवी प्रसाद काफ्ले स्मृति प्रतिष्ठान संचालित छ । स्थापनाको समयदेखि नै प्रतिष्ठानले बिबिध रचनात्मक कार्यक्रम गर्दै आएको प्रतिष्ठानका उपाध्यक्ष कपिलमणी काफ्लेले बताए ।

कार्यक्रमका बिशेष अतिथि नेकपा एमालेका केन्द्रीय लेखा आयोग सदस्य देवेन्द्र दाहाललले तत्कालीन माहारानीझोडा गाविसमा लामो समय निरन्तर जनप्रतिनिधिका रुपमा रहनु भएका स्व.देवीप्रसाद काफ्लेको योगदानको चर्चा गर्दै मदन भण्डारी फाउण्डेसनको एक लाख बराबरको अक्षयकोषबाट प्राप्त व्याज वार्षिक रुपमा स्मृति प्रतिष्ठानलाई उपलब्ध गराउने बताए ।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य पूर्व सांसद दिपक कार्कीले स्व. देवीप्रसाद काफ्ले संगका सहकार्यको स्मरण गर्दै योगदानको चर्चासमेत गरेका थिए ।

कार्यक्रममा गौरादह नगरका नगर प्रमुख रोहितकुमार शाह, नेकपा एमालेका झापा जिल्ला कमिटी सचिव मदन अधिकारी, गौरादह नगरका प्रशासकीय अधिकृत सागर मिश्र, लोकार्पित गरिएको कृतिमाथि खगेन्द्र न्यौपाने र गोपालप्रसाद काफ्ले लगायतले बोलेका थिए ।

स्व. देवीप्रसाद काफ्ले झापा जिल्लाको तत्कालिन महारानीझोडा गाविसका संस्थापक प्रधानपञ्च २०३८ सालदेखि दुई कार्यकाल जनपक्षीय उमेद्वारका रुपमा प्रधानपञ्च र प्रजातन्त्रको पुनः स्थापना पश्चात २०४९ पछिका दुवै स्थानीय निर्वाचनमा एमालेबाट गाविस अध्यक्षमा विजयी हुनु भएको थियो । २०३० देखि स–परिवार ताप्लेजुङ्गबाट महारानीझोडा बसाईसरी आफ्नो जीवनको कर्मथलो गौरादह क्षेत्रलाई बनाउनु भएको थिायो । ब्रेन हेम्ब्रेजको कारण ७१ वर्षको उमेर २०७० वैशाख ३० गते उहाँको निधन भएको थियो ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष बेदनीधि चापागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments