Online Bichar
सोमबार, बैशाख २४, २०८१ | Monday, May 6, 2024

गौरादह,  १४  जेठ  ।   केन्द्रिय व्यक्तित्वहरुले विभिन्न त्याग गर्दै मार्गदर्शन दिएका छन् भन्दै नेपाली काँग्रेसको एउटा सिंगो इतिहास बोकेको कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्रि नारायण शर्मा पौडेलले बताउनुभयो । १२ औं गणतन्त्र दिवसको अवसर पारेर आज गौरादहमा राष्ट्रिय जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस गौरादह नगर कार्यसमिति ५ ले कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा पूर्व मन्त्रि पौडेलले जंगलमा बस्ने बाघ पनि हिंस्रक हो चिडियाखानामा बस्ने बाघ पनि हिंस्रक हो सानै देखी घरमा ल्याएर आफ्नो बच्चा सरह पालेको बाघ पछि ठूलो भएर त्यसको समय आएपछि त्यो हिंसक नै हुन्छ त्यसले आक्रमण गर्ने मारिदिने गर्दछ र अहिले यस्तै संकेत देखिएको बताउनुभयो ।
काँग्रेसले दुख गरेर ल्याएको संविधान समाप्त हुने भन्दै यो परिस्थितिमा नेपाली काँग्रेसले पूनः बहुमत ल्याएर सरकार बनाउनुपर्नेमा पूर्व मन्त्री पौडेलले जोड दिनुभयो ।

यसैगरि जिल्ला सभापति उद्वव थापाले काँग्रेसलाई नयाँ ढंगले लैजाने सोंच विचारले अघि बढाउने उद्देश्यले राष्ट्रिय जागरण अभियान कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरु २ नंं वार्डका वडाध्यक्ष हेमन्त कार्की, कृष्ण कुमार सिटौला, मनमायाराई लगायतले विभिन्न जिज्ञासा तथा सुझाव राख्नुभएको थियो । सहभागीहरुको जिज्ञासालाई केन्द्रिय प्रतिनिधि भगवती पौडेलले जवाफ दिनुभएको थियो ।
नगर सभापती यादवराज सेढाईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा जयेष्ठ नागरिक खगेन्द्र कुमार कार्कीलाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान समेत गरिएको छ । गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया