Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

फिदीम, ७ जेठ ।  पाँचथरको मिक्लाजुङमा गएराति एकै परिवारका ९ जनाको हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका –३ आरुबोटमा बमकुमार फियाक र उनका ज्वाइँ धनराज फियाकका परिवारको हत्या भएको प्रहरी निरीक्षक अरुणकुमार पौडलले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक पौडेलकाअनुसार मारिनेमा ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती, ज्वाइँ ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया एक्सा शेर्मा, ३६ वर्षीया जसिता फियाक, २६ वर्षीया मनकुमारी फियाक रहेका छन् ।

घटनामा बमबहादुर फियाकका ४ जना र ज्वाइँ धनराज शेर्माको परिवारका ५ को हत्या भएको प्रहरीले जनाएको छ । १२ वर्षीया आशिका भने भागेर बाँच्न सफल भएकी छिन् । मुकुन्डो लगाएका हतियारधारीले आक्रमण गरेको आशिकाले बताएको प्रहरीले जानकारी दिएको छ । उनी गम्भीर घाइते छिन् ।

राति घटना घटेपनि स्थानीयले बिहान मात्रै थाहा पाएका थिए । स्थानीयले खरब गरेपछि प्रहरी मंगलबार बिहान घटनास्थल पुगेको थियो । घटनाको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको प्रहरीको भनाई छ । अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया