Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

विराटनगर, ६ जेठ ।  प्रदेश १ को सरकारले समग्र कृषि क्षेत्रको प्रबर्धन र बजारीकरणका लागि कृषकहरुलाई २२ करोड ४० लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ ।

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले पशुपन्छी व्यवसाय प्रबर्धन कार्यक्रम, मिल्क एनालाइजेर वितरण कार्यक्रम र पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा आवद्ध कृषक, कृषक समूह, सहकारी, व्यवसायी र्फमलाई ७० प्रतिशतसम्म अनुदान रकम दिएको हो ।

मन्त्रालयले पशुजन्य पदार्थ उत्पादन, बिबिधिकरण र बजारीकरण, बधशाला स्थापना, मासु चिस्यान घर, दूध ढुवानी साधन खरिदलगायतका १४ वटा कार्यक्रमका लागि कृषकहरुलाई अनुदान दिएको हो ।

मन्त्रालयका सूचना अधिकारी कुमारसिंह खत्रीले मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत पशुजन्य पदार्थ उत्पादन, बिबिधिकरण र बजारीकरणको प्रबर्धनका लागि १० लाखदेखि डेढ करोड रुपैयाँसम्म अनुदान दिएको जानकारी दिए ।

‘प्रदेश सरकारले समग्र कृषि क्षेत्रको विकास सगै प्रबर्धन र बजारीकरणलाई प्राथमिक्तामा राखेको छ,’ खत्रीले भने, ‘सरकारको नीति तथा कार्यक्रम अनुसार नै कृषि क्षेत्रको विकास र प्रबर्धनका लागि यो अनुदान रकम उहाँहरुलाई प्रदान गरेको हो ।’

मन्त्रालयले अनुदान प्रदान गर्ने १४ वटा कार्यक्रमका लागि प्रस्ताव आव्हान गरेको थियो ।

प्रस्ताव आब्हान गरिएका मध्ये १ सय ४ वटा प्रस्ताव मन्त्रालयले स्वीकृत गरी कार्यक्रम सम्झौता गरिरहेको छ ।

विभन्न १४ वटा कार्यक्रम अन्तर्गत प्रस्ताव आब्हानका क्रममा ३ सय १३ वटा प्रस्ताव मन्त्रालयमा परेका थिए । जसमध्ये कार्यक्रमका लागि सम्पूर्ण मापदण्ड पुरा गरेका १०४ वटा प्रस्ताव मन्त्रालयले स्वीकृत गरेको सूचना अधिकारी खत्रीले जानकारी दिए ।

मन्त्रालयका पशुपन्छी विकास महाशाखाका प्रमुख डा. माधवप्रसाद अर्यालको संयोजकत्वमा रहेको ७ सदस्यीय समितको सिफारिसमा ती प्रस्तावलाई कार्यक्रमका लागि स्वीकृत गरेको मन्त्रालयले जनाएको छ ।

कृषि क्षेत्रलाई व्यावसायीकरण, आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिने सरकारको नीति अनुरुप बजेटमा कृषि क्षेत्रका लागि अधिकांश अनुदानमा आधारित कार्यक्रम अगाडि सारिएका छन् ।अनलाइनखबर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments