Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

लागु भएन किन, कहाँ छ समस्या ?

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको २०६६ असोजमा सम्पन्न केन्द्रीय समितिको पुर्ण बैठकले कागजी आचारसंहिता निर्माण गर्यो । स–सस्त्र भुमिगत युद्धको माध्यमबाट शक्तिमा आएको मओवादी पार्टी २०६३ देखि खुल्ला राजनीतिमा आएपछि पार्टी नेतृत्वमा आएको गैह्रमाक्सवादी जीवनशैली को कारण माओवादी पार्टी यस्तो आचारसंहिता बनाउन बाध्य भयो ।

आचारसंहिता कागजमा बन्यो तर ब्यवहारमा यसको कार्यन्वयन दखिएन । पार्टी निर्णय कार्यन्वयन गराउनको सट्टा नेकपा माओवादीका उच्च नेतृत्वमा चरम ब्यक्तिवदी चरित्र र गुटको कारण पार्टी नीति सिद्धान्त तथा मक्सवादलाई समेत आफु अनुकुल ब्याख्या गर्दै पार्टीलाई टुट फुट र बिभाजनको उत्कर्षमा पुर्याए । १० बर्ष एक ढिक्का भएर स सस्त्र युद्ध लडेको पार्टी अहिले चिराचिरा परेको छ । पार्टीमा नीति बनाउने तर लागु गर्न नदिने र नगराउने नेतृत्वको छदमभेषी चरित्र माओवादीमा उदांगिएको छ ।

यस्तो थियो माओवादी केन्द्रका केन्द्रिय सदस्यले पालना गर्नुपर्ने आचारसंहिता

१. के.स.का सबै सदस्यहरु क्रान्तिको स्वार्थप्रति एकनिष्ठ पूर्णकालिन पेसेवर क्रान्तिकारी हुनुपर्दछ ।
२. केन्द्रिय सदस्यहरु पार्टीले खटाए अनुसार जहिले पनि र जहाँ पनि विनासर्त काम गर्न तयार रहनुपर्दछ । पार्टीमा आफ्नो कामको रुचिको फाँट राख्न सकिनेछ तर व्यक्तिगत सुविधालाई केन्द्रमा राखेर जिम्मेवारी माग गर्न पाइनेछैन ।
३. केन्द्रिय सदस्यहरु पार्टीको निर्णय र योजनामा बाहेक कुनै पनि आर्थिक उपार्जनका काममा सम्लग्न रहनु हुदैन ।
४. सबै केन्द्रिय सदस्यहरुले आर्थिक मितव्ययिता अपनाउनु पर्दछ । आय–व्ययको विवरण पार्टीसमक्ष पारदर्शी गर्ने र प्रत्येक तीन महिनामा सोको विवरण केन्द्रिय कार्यालयलाई बुझाउनु पर्नेछ ।
५. के.क. का सदस्यहरु पार्टीको विशेष योजना अन्तर्गत निर्णय गरिएको अवस्थामा बाहेक आई.एन.जी.ओ. र एन.जी.ओ. मा सम्लग्न हुनुहुदैन ।
६. कुनै पनि केन्द्रिय सदस्य जाति, वर्ग वा रंगको आधारमा छुवाछुत वा त्यस प्रकारको कुनै पनि भेदभावको कार्यमा सम्लग्न हुनुहुदैन । त्यसलाई अपराधको रुपमा लिई पार्टी कार्वाहीको विषय बनाइनेछ ।
७. केन्द्रिय सदस्यहरुले एकाघरको परिवारको आर्थिक स्थिति र कारोबार पार्टी समक्ष पारदर्शी ढंगले राख्नुपर्दछ ।
८. केन्द्रिय सदस्यहरुले आफ्नो कार्यक्षेत्रमा नै मुकाम कायम गर्नुपर्दछ । कार्यक्षेत्र बाहेक अन्यत्र डेरा लिन पाइने छैन ।
९. केन्द्रिय सदस्यहरुबाट भ्रष्टाचार, तस्करी, पार्टीको नाममा आफ्ना लागि गोप्य आर्थिक चन्दा संकलन गरिएको पाइएमा त्यसलाई अत्यन्त गम्भीर अपराधको रुपमा लिई कडा कार्वाहीको प्रक्रियामा लगिनेछ ।
१०. केन्द्रिय सदस्यहरुले सर्वहाराकरण र साँस्कृतिक रुपान्तरणको समग्र पक्षलाई आत्मसात गर्दै त्यस अनुकूल आफूलाई रुपान्तरण गर्दै लैजानुपर्दछ र त्यस क्रममा निजी सम्पत्ति पार्टीकरण गरी भौतिक सर्वहाराकरण समेत गर्नुपर्दछ । सबै केन्द्रिय सदस्यहरुले आफ्नो सम्पत्ति पार्टीलाई बुझाउनु पर्दछ ।
११. केन्द्रिय सदस्यले पार्टीको खर्चमा विदेश र महँगा निजी एवं आवासीय विद्यालयहरुमा छोराछोरीलाई पढाउन पाइनेछैन ।
१२. स्थायी समितिका सदस्यहरुले गाडी प्रयोग गर्न पाउने छन् । राज्य कार्यालयहरुमा कार्यालयको उपयोगको लागि एउटा गाडी राखिनेछ । के.स.हरुले आवश्यक परेको खण्डमा मोटरसाइकल प्रयोग गर्न सक्नेछन् ।
१३. स्थायी समितिका सदस्यहरुले १ जना ड्राइभर र अन्य २ जना सहयोगी राख्न पाउनेछन् । पी.बी.एम.हरुले १ जना सहयोग राख्न पाउने छन् । सुरक्षा स्थितिलगायतका विशेष कारणवस अन्य कसैलाई गाडी वा सहयोगी अत्यन्त आवश्यक भएमा केन्द्रिय कार्यालयको अनुमतिमा गर्न सकिनेछ ।
१४. केन्द्रिय सदस्यका एकाघरका परिवारका सदस्यहरु पार्टी वा पार्टीसँग सम्बन्धित कुनै न कुनै संगठनमा आवद्ध भई क्रियाशील हुनुपर्दछ ।
१५. केन्द्रिय पदाधिकारीहरुले २ महिनामा १ दिन र अन्य सबै के.स.स. हरुले महिनाको १ दिन शारीरिक श्रममा भाग लिनेछन् ।

तपाईको प्रतिक्रिया