Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

– गणेश कुमार अधिकारी

अहिलेको वर्तमान विश्व मानचित्रमा नेपालमात्र एउटा यस्तो देश हो जहाँ कमरेड पुष्पलालले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको विधिवत स्थापना गरे पश्चात यहाँ चाहे त्यो पार्टीमा उग्र वामपन्थी भड्काव होस वा समय सापेक्ष विश्व कम्युनिष्ट आन्दोलनलाई नै नेतृत्वदायी भूमिका खेल्दै आफ्नो क्रान्तिकारी चरित्रलाई मूल मर्म ठानेर परम्परावादी जडतालाई त्यागी आफ्नो लक्ष्यमा पुग्नको लागि यात्रारत विभिन्न वामपन्थि दलहरुको नेपालमा वर्चश्व रहेको छ र यो विकाशसिल अवस्थामा अघि बढ्दैछ ।

विश्वका केही मुलुकहरु माक्र्सवादी दर्शनको उच्चतम प्रयोगबाट अहिले संसारकै ठूलो अर्थतन्त्र भएको देश बन्ने लक्ष्यमा अघि बढ्दैछन् भने कोही त्यस्ता देशहरु जहाँ कम्युनिष्ट व्यवस्था स्थापित भएर पनि त्यसको असफल प्रयोगबाट रक्षात्मक अवस्थामा रहँदै पतनको दिशातिर उन्मुख छन् । यस्तै सृजित समस्याको खातिर कम्युनिष्ट आन्दोलन र वामपन्थीको वर्चश्वलाई देखि नसक्ने नेपालका केही शक्तिहरुले वामपन्थीहरुको विरुद्धमा विभिन्न अनर्गल, भ्रमपूर्ण प्रचार गर्दैछन् । जस्तो अव संसारबाट कम्युनिष्ट व्यवस्था पतन भयो, साम्यवादी व्यवस्था ठिक छैन, कम्युनिष्टहरु समस्या मात्र सृजना गर्दछन्, समाधान चाहदैनन आदि इत्यादी ।

यसै सन्दर्भमा आधारित रहेर यो आलेखमा पंक्तिकारले यस्ता भ्रमपूर्ण, अतिरञ्जित र अमर्यादित आरोपहरुलाई निस्तेज गर्नका लागि केही महत्वपूर्ण सवालहरु सुत्रवद्ध गर्न खोजेको छ ।

१. माक्सवादी दर्शनशास्त्रका बारेमा ः

दर्शन एक प्राचीन विज्ञान हो । सामान्यतया दर्शनशास्त्र भन्नाले जीवन र जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो । अर्थात् जीवन, जगत प्रकृति, मानवसमाज, राज्यव्यवस्था एवं चिन्तनका सामान्य नियमहरुको विज्ञान हो । यसैका बारेमा कार्लमाक्स र फ्रेडरीक एङ्गेल्सले महान खोज अन्वेषण र आविस्कार बाट निकाल्नु भएको वैज्ञानिक निचोड र क्रान्तिकारी सिद्धान्तलाई माक्र्सवादी दर्शन भनिन्छ । जुन दर्शनको जगमा संसारका धेरै देशमा ठूल्ठूला समाजवादी क्रान्तिहरु सम्पन्न भए ।
२. माक्सवादी नियम द्वन्द्वात्मक, भौतीकवाद एक अचुक अस्त्र ः

यो नियम अनुसार पदार्थको परिमाण बढ्दै जाँदा त्यसले अचानक गुणात्मक फड्को मार्छ । व्रमाण्ड विभिन्न पदार्थहरुबाट बनेको हुन्छ र तिनीहरुको विचमा खास समयमा द्वन्द्व भइरहन्छ । द्वन्द्व हुदै जाँदा त्यसमा अचानक गुणात्मक परिवर्तन आउँछ । जस्तो हामीले एउटा भाडोमा पानी उमाल्न लाग्यौ भने पहिले भाँडोको पानी तात्न थाल्दछ । विस्तारै क्रमिक रुपमा ताप बढ्दै जान्छ । पानी तात्दै जान्छ । ५०–६० हुँदै ९९ डिग्रि सेल्सियस तापमान पुगुन्जेल पानीको गुणमा फरक आउँदैन । पानी पानीनै रहन्छ । खाली पानी भित्रको तातो मात्रै बढेको हुन्छ । तर पानीको ताप १०० डिग्रि सेल्सियस पुग्नासाथ अघिदेखि जम्मा हुदै आएको तापको परिमाणात्मक वृद्धिले पानीलाई उम्लिने विन्दुमा पु¥याउँछ । अब अचानक पानीमा गुणात्मक परिवर्तन आउँछ अर्थात् पानी पानी नभएर बाफमा परिणत हुन्छ । यसो भन्नुको अर्थ समाज विकासक्रम पनि यस्तै किसिमबाट हुन्छ ।

पूँजीवादी व्यवस्था भएका समाजमा विस्तारै विस्तारै पूँजीवाद विरोधी प्रगतिशील शक्तिहरुको वृद्धि हुदैजान्छ र त्यस्तो शक्ति निर्णायक विन्दुमा पुगेपछि फड्को अर्थात् क्रान्तिद्वारा पूरानो पूँजीवादी व्यवस्था नष्ट हुन्छ । विश्व सर्वहारा मुक्ति आन्दोलनमा कार्लमाक्र्स भन्द अघि विभिन्न दार्शनिक वा आन्दोलन नभएका होइनन् । विभिन्न कालखण्डमा दास आन्दोलन, मजदुर आन्दोलन भएका थिए र उपयुक्त ज्ञान, अनुभव र शिक्षाको कमिले ती आन्दोलनले सफलता पाउन सकेनन् । ति विभिन्न कमजोरीहरुलाई सच्याउँदै कार्लमाक्र्स र फ्रेडरिक एङ्गेल्सले सन् १८४८ मा कम्युनिष्ट आन्दोलनलाई मार्गनिर्देशन गर्न कम्युनिष्ट घोषणापत्र जारी गर्नुभयो ।

त्यसैले यति ठूलो विज्ञान र आन्दोलनको राप तापबाट हुर्कदै अघि बढेको कम्युनिष्ट आन्दोलनलाई होच्याउनु भनेको पराजीत मानसिकताको उपज भन्दा अरु केही हुँदै होइन । यसैकारण अहिले देखिएका टपरटुइयाँ लोकतान्त्रिक आन्दोलन वा विभिन्न रुपमा देखा परेका समाजवादी आन्दोलन पनि माक्र्सवादकै छायाँ होइनन् भनेर नकार्न सकिन्न । यदि कसैले हामी माक्र्सवाद भन्दा उत्कृष्ट हौ भनेर दावी गर्छ भने उसको भनाई (उत्तरआधुनिकतावाद) भन्दा अरु केही हुन सक्दैन ।

३. अवका नेपाली वामपन्थीहरुको भूमिका के ?

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा जस्तै फस्टाएको ल्यू साओची एवं ख्रुश्चेभवादी शम्सोधनवाद एवं विभिन्न सत्ता र शक्तिको उन्मादमा पार्टीलाई विघटनको दिशातिर पु¥याउने जस्ता चरित्रको अन्त्य गरी ठोस परिस्थितिको सहि विश्लेषण गरी शास्त्रीय जडताबाट माथी उठी मुलुकको उज्वल भविष्य निर्माणमा नेपालमा रहेका विभिन्न वामपन्थी सक्तिहरु एक आपसमा विभाजित नभई एउटै कार्यदिशा (संघीय लोकतान्त्रिक गणतन्त्र) मार्फत सर्वहारा वर्गको क्रान्तिमा सहकार्य गर्दै अन्ततोगत्वा आवश्यकताको सिद्धान्त  अनुसार भावनात्मक एकताको अनिवार्य आवश्यकता भइसकेको छ ।

४. पार्टी फुट रोक्न जनवादी केन्द्रियता

जनवादी केन्द्रियता जसलाई हामी लेनीनवादी संगठनात्मक प्रणाली पनि भन्दछौ । पार्टीलाई जीवन्त र युगान्तकारी बनाउनको लागि कमरेड लेनिनले यो प्रणालीको विकास गर्नुभएको थियो । पार्टीमा समय सापेक्ष अन्तरपार्टी संघर्ष अर्थात् दुई लाइन संघर्ष चल्न सक्छ । कुनैपनि नेता तथा कार्यकर्ताले पार्टीले गरेको बहसमा फरक मत जाहेर गर्न सक्छ पार्टीको वैठक अधिवेशन वा महाधिवेशनमा सबै नेता, कार्यकर्ताको अभिव्यक्तिमा स्वतन्त्रता हुन्छ र जनवादी केन्द्रियताको नियम अनुसार कसैको विचारलाई बन्ध्याकरण गर्न पाइदैन र अल्पमतको सही भावनालाई समेट्दै फरक मत राख्नेले पनि बहुमतको निर्णयलाई सर्वोपरी ठानी त्यसलाई सबैले पालना गर्नुपर्ने हुन्छ । यसको अतिरिक्त संगठनको स्वरुप पिरामीड शैलीको हुनुपर्दछ ।

५. कार्यकर्ताको चरित्र निर्माण सन्दर्भमा
अधिकांश कम्युनिष्ट पार्टी अबमचभ दबकभम हुने भएकाले उनीहरुको इमान्दारिता, अनुशासन, जवाफदेहिता, पारदर्शिता र जनतासँगको सामिप्यता जस्ता चरित्रहरुको निर्माण हुनुपर्दछ । आफ्नो रोजगारको श्रोत पार्टीको नासो नभई स्वाबलम्वी बन्ने, परिश्रमी तथा उद्यमी भई त्यसको केही प्रतिशत पार्टीलाई लेवी तिर्ने सम्पूर्ण कार्यकर्ताको बाध्यता हुनुपर्दछ । यसो हुँदा मात्र आजको परिवर्तित युगमा एक असल चरित्रको कम्युनिष्ट पार्टीको निर्माण हुन सक्दछ ।

आन्दोलनले थलिएको मुलुक ः
नेपालका अर्थराजनीतिलाई विगतदेखि नै विश्लेषण गर्ने हो भने क्रान्ति र प्रतिक्रान्तिका श्रृङ्खलाहरुले यहाँको अर्थतन्त्रलाई कहिल्यै सवल र सृदृढ बनाउन सकेन । हाम्रा दुई विशाल छिमेकीको आर्थिक वृद्धिदर दोहोरो अंकको हुँदा अहिलेको नेपालको आर्थिक वृद्धिदर २ प्रतिशत भन्दा माथि छैन र यस्तै अवस्था रहेमा अर्को वर्ष ऋणात्मक अवस्थामा झरेर यहाँको अर्थतन्त्र तहस नहस अवस्थामा पुग्नेछ ।

विगत झण्डै तीन महिनादेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नाममा सिमा अवरोध र आन्दोलनका कारणले मानिसको जीवनसँग प्रत्यक्ष जोडिएका उपभोग्य वस्तुहरु औषधी, ग्याँस, पेट्रोलियम पदार्थ र विभिन्न खाद्य वस्तुको अभावले मानिसको बाँच्न पाउने नैसर्गिक अधिकार माथि प्रश्नचिन्ह खडा भएको छ । आन्दोलनको कारणबाट लाखौ वालवालिकाको पठनपाठनमा ठूलो क्षति पुग्नुका साथै उनीहरु भविष्यमाथी खेलवाड गरेको छ । अहिलेको परिस्थितिले मुलुकलाई पु¥याएको क्षतिबाट पुरानै अवस्थामा फर्काउनको लागि नेपाल अरु १० वर्ष खर्चनु पर्नेछ ।

अहिले देखिएको राजनीतिक ध्रुविकरणलाई निराकरण गर्नको लागि के मधेश, के पहाडी, के हिमाली सबै नेपाली हौ भन्ने भावनाबाट अभिप्रेरित भएर सिंगो राष्ट्र निर्माणमा सबै राजनीतिक दलहरु लाग्नुपर्ने अवस्था आएको छ । जसरी दोश्रो विश्वयुद्धताका जापानल चिनमाथि हमला गर्दा चियाङकाइसेक पहिला माओवादी लडाकुलाई नै पहिला दबाउन चाहन्थ्यो । यद्यपी माओले विपक्षी कोमिन्ताङ चियाङ काइसेकको सेनासँग गठबन्धन गरी राष्ट्र र राष्ट्रियतालाई पहिलो प्राथमिकतामा राख्दै जापान विरुद्ध भिषण युद्ध छेड्नु भयो ।

जापानले पराजय भोग्नु प¥यो । वास्तवमा नेपालमा अहिले भोग्नु परेको संकटबाट समाधान दिनको लागि पनि सरकार पक्ष प्रतिपक्ष र आन्दोलनकारी शक्ति, नागरिक समाज, विभिन्न पेशागत संघसंस्थाहरु, मानवअधिकार कर्मीहरु एक अर्कामाथि लान्छना नलगाई देश भक्तिको भावनाबाट ओतप्रोत भई आपसी सघन संवाद र वार्ताको माध्यमद्वारा अहिलेको चरम संकटबाट मुलुकलाई मुक्त तुल्याउनु आजको प्रमुख आवश्यकता हो । गौरादह झापा

तपाईको प्रतिक्रिया