Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

गौरादह,  १६  बैशाख ।  गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा सञ्चालन गरिएको हाइड्रोसिल शल्यक्रिया शिविरमा २७ जना अपरेशनका बिरामीहरु भेटिएका छन् । गौरादह नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको शिविरमा गौरादह नगरपालिका र गौरिगंज गाउँपालिका भित्रका ६० जनाले परिक्षण गराएका थिए ।

दमक अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा भेटिएका २७ जना अपरेशनका बिरामीहरुलाई दमक अस्पतालमा अपरेशन गरिने गौरादह नगर स्वास्थ्य संयोजक पर्शुराम भट्टराईले जानकारी गराए । शिविरमा ११ जना बिरामीहरुको थप परिक्षण पछि शल्यक्रियाको निश्चित गरिने संयोजक भट्टराईले जानकारी गराए ।

शिविरमा दमक अस्पतालका डा. सुर्यनारायण शाह, सपन कुमार शाह र सुरक्षा सापकोटा सहितको टोलीले परिक्षण गरेको थियो भने स्वास्थ्यकर्मीहरुको टोलीले सहयोग गरेको थियो । अरुणोदय प्राविमा सञ्चालन गरिएको शिविरमा गौरादह नगर सामाजिक विकास समिति संयोजक मणिन्द्र कार्कीले कार्यक्रमको सभापतित्व गरेका थिए । गौरादह नगर उपप्रमुख गीता भेट्वाल प्रमुख अतिथि रहेकी थिइन् ।

कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष भुमीराज पोखरेल, समाजसेवी वेदप्रसाद सुवेदी, दमक अस्पतालका सुचना अधिकृत नगेन्द्र भट्टराई, वडा नं. ७ का वडाध्यक्ष बलराम खरेल, अरुणोदय प्रावि का अध्यक्ष सुर्य प्रसाद दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन गौरादह नगर स्वास्थ्य सहसंयोजक गोविन्द श्रेष्ठले गरेका थिए ।

तपाईको प्रतिक्रिया