Online Bichar
सोमबार, बैशाख २४, २०८१ | Monday, May 6, 2024

काठमाडौं,  १६  बैशाख  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वडाध्यक्षलाई घुससहित पक्राउ गरेको छ । सेवाग्राहीसँग २५ हजार घुस लिइरहेको अवस्थामा सप्तरी सुरुङा नगरपालिका–५ का  वडाध्यक्ष सिल्टु मियाँलाई सोमबार पक्राउ गरिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

काठको व्यवसाय गर्दै आएका मियाँ स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । अख्तियारले नियन्त्रणमा लिइएका मियाँमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

निर्वाचित पदाधिकारी घुससहित पक्राउ गरेको यो पहिलो घटना हो । अख्तियारका प्रवक्ता कोइरालाले राष्ट्र सेवक कर्मचारीमात्रै कारवाही गरिरहेको अख्तियारले निर्वाचन पदाधिकारीलाई कारवाही गर्न सुरु गरेको बताए ।अन्नपूर्णपोष्टबाट साभार

तपाईको प्रतिक्रिया