Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

बिर्तामोड,  १५  बैशाख ।  झापाका चिया मजदुरले चिया उद्योगीको आज पुत्ला दहन गरेका छन्। बिर्तामोडस्थित मुक्ति चोकमा उनीहरुले चिया उद्योगीका पुत्ला दहन गरेका हुन् ।

राजपत्रमा अंकित भए अनुसारको चिया मजदुरले ज्याला नभएको भन्दै उनीहरु गत चैत १७ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रिएका थिए ।
सरकारले साउन १ गतेदेखि लागूहुने गरी बगानमा काम गर्ने श्रमिकको ज्याला दैनिक ३५० रुपैंया तोकेको थियो । उद्योगमा काम गर्ने श्रमिकलाई ४२ रुपैंया थपेर ४२७ रुपैंया तोकेको थियो ।

राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला छ हजार चार सय ६९ रुपैयाँ र महङ्गी भत्ता चार हजार तीन सय ८१ रुपैयाँ तोकिएको छ । तर, यो कुनै प्रावधान कार्यान्वयनमा आएको छैन । ज्याला मात्र नभई श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५, सामाजिक सुरक्षा ऐन समेत कार्यान्वयनमा ल्याउन माग राखिएको छ ।

श्रम ऐनमा श्रमिकको नियुक्तिपत्र, बिमा, बिदा सुविधा, औषधोपचारलगायतको व्यवस्था छ । एक वर्ष काम गरेका श्रमिकले मासिक रूपमा पाउने आधारभूत पारिश्रमिकको कम्तीमा आधा दिनको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष वार्षिक तलबवृद्धि पाउने ऐनमा उल्लेख छ ।

आफ्नो धर्म–संस्कृति तथा परम्पराअनुसार चाडपर्व मनाउन श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ । श्रम नियमावलीले सञ्चय कोष, उपदान, बिदा सुविधा, नियुक्तिपत्र, स्थायी, करारलगायतको व्यवस्था छ । नेपालमा वार्षिक करीब दुई करोड ५० लाख किलो तयारी चिया उत्पादन हुने गरेको तथ्याङ्क राष्ट्रिय चिया तथा कफी विकास बोर्डको छ।पूर्वेलीन्यूज

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments