Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

धनकुटा, १५ वैशाख । धनकुटामा १४ बर्षीय छोराले बुवाको हत्या गरेका छन्। शहीदभूमि गाउँपालिका–४, पिप्लेका विज्ञान राईले शनिबार राति ५५ वर्षीय बुवा इन्द्रबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ।

शनिबार बेलुका बुवा र छोराबिच भएको घरेलु विवादमा विज्ञानले कोदालाको पासोले टाउकोमा प्रहार गर्दा इन्द्रबहादुरको घटनास्थल मै मुत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले विज्ञानलाई घरैबाट पक्राउ गरेको हो। उनलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय धनकुटा पठाइएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments