Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

विमल लामिछाने
झापा– झापा क्षेत्र नंं. एकका सांसद तथा एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका पोलिट ब्यूरो सदस्य , पूर्व सञ्चार मन्त्री सुरेन्द्र कार्की ( पार्थ) ले शिक्षा क्षेत्रमा आमूल परिर्वतन नभएसम्म मुलुकको समाजवादी क्रान्ति सम्पन्न नहुने बताएका छन् ।

झापाको दमकमा एकिकृत अखिल नेपाल शिक्षक संगठनको एक नंम्वर प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नेता कार्कीले शिक्षा र स्वास्थ्यलाई राज्यको निगरानीमा नल्याएसम्म शिक्षामा ब्यापारिकरण भइरहने दावी गरे ।
उनले सरकार परिर्वतनका साथसाथै कर्मचारी तन्त्रमा सूधार ल्याउनु पर्ने बताएका छन् । उनले शिक्षणलाई हलुका नसम्झिन आग्रह गर्दै सचेतना पूर्वक शिक्षकले जिम्मेवारी बोध गर्न निर्दैश समेत गरेका छन् ।

उनले भने–‘ डाक्टरले गल्ती गरे एउटा विरामी मर्छ, तर एउटा शिक्षकले गल्ति गरे हजारौ विद्यार्थीको भविश्य मर्छ, शिक्षा अन्तरहिन कला हो, यो अनन्त सम्म चलिरहन्छ ।’ उनले शिक्षा क्षेत्रमा परिर्वतन गर्न धेरै श्रेणी बाँकी रहेको भन्दै मुलुक परिर्वतनमा शिक्षकको योगदान रहने बताए । उनले जनवादी शिक्षाको माग गर्नेहरु शिक्षा मन्त्री र सरकारका प्रमुख हुँदापनि कुनै परिर्वतन गर्न नसकेको बताए । अव मुलुकमा प्रगती र शैक्षिक बहस चलाउन आवश्यक रहेको र त्यो अभिभारा परिर्वतनका पक्षधर शिक्षकले मात्र पूरा गर्नसक्ने दावी गरे ।

कार्कीले इतिहार र परिर्वतनको शैक्षिक आन्दोलन अघि बढाउन कितावका माछा देखेर ब्याख्या गरेजस्तो साँच्चैका माछा देख्दा नहुने भन्दै आदर्श जस्तो सजिलो जीवन र ब्यवहार नभएको बताए ।
उनले शैक्षिक प्रागिक बहस चलाउनु पर्ने भन्दै शिक्षा र स्वास्थ्यको ब्यापार गर्न अव कसैलाई छुट नहुने दावी गरे । उनले भने– शिक्षा र स्वास्थ्यको ब्यापार गर्न पाइन्न, बरु ढुंगा, गीटी र इटाको ब्यापार गर्नुहोस् । विना सचेतना शिक्षकको भूमिकामा रहनु दुनियाँलाई डुवाउनु हो यस्तो अपराध नगर्नुहोस् ।

उनले भने अवको सरकारले कम्तिमा ५० वर्षको कार्ययोजना तर्जुमा गर्न सक्नु पर्छ । त्यसमा शिक्षा र स्वास्थ्यको ग्यारेण्टी राज्यले लिनुपर्छ । श्रमजिवी जनता र पौरखी युवालाई शोषणको जाँतोबाट माथि नउठाए सम्म मुलुकमा समाजवादको परिकल्पना असम्भव रहेको उनको तर्क थियो । उनले भने कर्मचारी तन्त्र हावी भएसम्म मुलुकमा विकास र समृद्धीको सपना परिकल्पना मात्र हुनेछ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

सिताराम अधिकारीको सभापतित्वमा सम्पन्न एकिकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश नं एकको प्रथम सम्मेलनमा शिक्षक संगठनका केन्द्रीय अध्यक्ष भोला सापकोटा, संगठनका प्रदेश इन्चार्ज नर बहादुर दुलाल, केन्दीय नेताहरु शंकर अधिकारी, ऋषिराम चापागाई, डिएन तिमिसिना, इलामबाट विजयी प्रदेश सांसद धिरेन शर्मा, शुरेश पराजुली, रेवतराज पुरी, गोपी अछामी, केशव निरौला, लगायतको उपश्थिति रहेको थियो ।

पूर्वको सुन्दर नगरी दमकमा भइरहेको यो सम्मेलन ऐतिहासिक भएकोले शिक्षा निती निर्माणमा यो सम्मेलनले विशेष महत्व राख्ने बक्तहरुले बताएका छन् । उनीहरुले समाजवादी क्रान्तिको आधार तयार गर्न समाजवादी शिक्षा नीतिको खाँचो रहेको औल्याए ।
बामपन्थी शिक्षक एकता र शैक्षिक विकास आजको आवश्यकता रहेको एकिकृत अखिल नेपाल शिक्षक संगठनका एक नं प्रदेशका शिक्षक नेताहरुले बताउदै आएका छन् ।

सम्मेलनमा १४ जिल्लाका समिति पदाधिकारी, महानगर, उपमहानगर, ४४ नगरपालिका, ८५ गाउँपालिका गरि २५० प्रतिनिधि, ५० पर्यवेक्षक गरि ३०० बढी शिक्षकहरुको उपश्थिति रहेका छ । सम्मेलन माघ १६ र १७ गते दुइ दिन सम्म चल्ने कार्यक्रमका सभापति सिताराम अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया