Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

झापा- झापाको चन्द्रडाँगी बीउबिजन तथा दुग्ध बिकास समितिले सोमबार मत्स्य ह्याचरी शिलन्यास तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत सम्मान गरेको छ ।

समितिको कार्यलय परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर समितिले जनप्रतिनिधिहरु झापा जिल्ला निर्बाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी सावा, सोहि क्षेत्रका प्रदेश क्षेत्र १ र २ का प्रदेशसभा सदस्य द्वय झलक सिंह दर्लामी र हिरा थापा तथा शिवसतासी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मालाई दोसल्ला ओडाएर बधाई ज्ञापन सहित सम्मान गरिएको सो समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति ढुण्डिराज गुरगाईले बताए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

सोही अवसरमा माछाको वीउ भुरा उत्पादन गर्ने उद्वेश्यले कार्यक्रमका अतिथिहरुले संयुक्तरुपमा  मत्स्य ह्याचरीको शिलन्यास समेत गरिएको हो । कुल ८४ बिद्या जमिन क्षेत्रफलमा फैलिएको कृषि फर्मको जमिनमा समितिले माछा, धान, गहुँ, मकै, तोरी, पसु चौपाय, आलु, मुला, तरकारी, जय घाँस लगायतको बिउ, बेर्ना उत्पादन तथा कृषकहरुलाई बिक्रि वितरण गर्दै आइरहेको छ । अध्यक्ष गुरगाईका अनुसार आगामी ३ महिनामा ह्याचरी निर्माण कार्य सम्पन्न हुने र सो ह्याचरीबाट माछा पालक कृषकहरुलाई आवश्यक माछाका भुरा उत्पादन गरी बितरण गरिने बताए ।

कार्यक्रमका प्रमुख अतिथि सावा तथाले कृषिको विकासबाट मात्रै देशको विकास सम्भव हुने भएकाले कृषिको आधुनिकिकरण र ब्यवसायिकरणमा जोड दिनुपर्ने बताए । कार्यक्रममा समितिको तर्फबाट गर्दै गरिएका हरू घेरा–बारा कार्य, फर्मको जमिन, ह्याचरी निर्माण , मेशेनरी समान तथा प्रबिधि, भित्राउने कार्य, समग्र फर्मको गुरुयोजना तयारी लगाएतका काम भौरहेको बताइएको छ । सो कार्यहरुको सिघ्र पूर्णताको लागि अतिथिहरु समक्ष आवस्यक सहयोगको समेत समितिले अनुरोध गरेको छ । शतासी खोलाको कटान बाट फर्म लाई जोगाउन खोला नियन्त्रणमा पहल समेत भैरहेको समितिका अध्यक्ष गुरगाईंले बताए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments