Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

काठ्माडौं,  १२  बैशाख  ।  बैशाख ३१ र जेष्ठ १ गते कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले अन्तर्राष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन आयोजना गर्ने भएको छ। रासायनिक मल र बिसादी निरुत्साहित गरि प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न सम्मेलन आयोजना गर्न लागिएको हो ।

प्राङ्गारिक कृषि प्रवर्द्धन उच्चस्तरीय कार्यदलको सोमबार मन्त्रालयमा बसेको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो।

सम्मेलन आगामी बैशाख ३१ र जेष्ठ १ गते काठमाडौमा हुन लागेको कार्यदलका सदस्य सचीव डा. गंगा आचार्यले जानकारी दिए।
आचार्यका अनुसार भारत, भूटान, क्युवा, र स्पेनका प्राङगारिक विज्ञ आउने निधो भैसकेको छ । सम्मेलनमा स्वदेशी र बिदेशी गरि करिब १५० जना बिज्ञको सहाभागिता रहने कार्यदलले जनाएको छ ।

सम्मेलन व्यवस्थापनका लागि कृषि तथा पशुपन्छी बिकास रज्यमन्त्री रामकुमारी चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिती गठन गरिएको कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले जनाएको छ।

कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समापन गर्ने आचार्यले बताए ।
सम्मेलनबाट आएका सुझावलाई समेटेर कार्यदलले प्रतिबेदन तयार गरि जेठको पहिलो हप्तासम्म प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ ।

प्राङ्गारिक खेतीलाई प्रवर्द्धन गर्न भन्दै गत पुस २९ गते कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालको सम्योजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलले अहिलेसम्म सातै प्रदेस र उपत्यकामा गरि १० वटा अन्तक्रृया गरेर सुझाव संकलन गरेको कार्यदलका सदस्य कृष्णप्रसाद पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments