Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

गौरीगंज, ८ वैशाख ।  गौरीगंज गाउँपालिका भित्र रहेका अगुवा कृषकहरुलाई तरकारी खेती सम्बन्धि ३ दिने तालिम सञ्चालन गरिएको छ । गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा सञ्चालन गरिएको तालिम २ चरणमा सञ्चालन गरिएको छ । गौरीगंज गाउँपालिका वडा नं. १ र २ मा तालिम सम्पन्न भइसकेकोे छ भने वडा नं. ३ देखी ६ सम्म तालिम शुरु भएको छ ।

कृषि विकास शाखा गौरीगंजका प्राविधिक सहायक भिमा राई र नायब प्राविधिक सहायक नवराज सुवेदीले सहजिकरण गरिरहेका छन् । तालिममा सहभागी २० जना अगुवा कृषकहरुलाई तरकारी खेती सम्बन्धि बीउ राख्ने तरिका, बिरुवा सार्ने, रोग निवारण, किरा नियन्त्रण, भकारो सुधार, बाली बिरुवाका लागी आवश्यक पर्ने पोषण तत्व का विषयमा प्रशिक्षण दिइरहेका थिए ।

गौरीगंज गाउँपालिका वडा नं. ६ को वडा कार्यालयमा सहभागी किसानहरु मध्ये १३ वटा नयाँ कृषक समूहहरुका सदस्यहरु सहभागी भएका छन् । तालिममा सहभागी कृषक टिकाराम बस्नेतले तरकारी खेती सम्बन्धि तालिममा बाली बिरुवा सुधार, रोग किरा निवारण तथा नयाँ प्रविधि बाट तरकारी उत्पादन गर्ने तरिका सम्बन्धि प्रशिक्षण दिएकाले खुशी व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments