Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सांसद बनेका पूर्व डीआइजी नवराज सिलवालको खोजी गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ।

आइजीपी बढुवा सम्वन्धि कार्यसम्पादन मूल्यांकन (कासमू) किर्ते अभियोगमा सिलवाललाई बयानका लागि बोलाएको थियो । सिलवाल उपस्थित नभएपछि प्रहरीको पक्राउ प्रयास गर्यो । लगातारको प्रयास असफल भएपछि प्रहरीले डिफ्युजन नोटिश जरी गरेको हो। नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको हो। यो नोटिस जारी भएसँगै अव जुनसुकै मुलुकका प्रहरीले पूर्व डीआइएजी तथा सांसद सिलवाललाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाउन बाटो खुलेको छ।

सिलवालले आफू जनताका प्रतिनिधिबीच रहेको र प्रहरीकै वरिपरि रहेको बताएपछि प्रहरी परिसर ललितपुरबाट परिचालित टोलिले पक्राउ प्रयास गरेपनि सफल हुन नसकेको हो । यसअघि प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी सिलवाल कहीकतै भेटिए पक्राउ गर्न निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments