Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढाउने घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले आइतबार राजधानीमा आयोजित ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौं बैंक खाता नामक कार्यक्रमलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने घोषणा गरेका हुन्।

वृद्धवृद्धालाई भत्ताले बाच्ने प्रोत्साहन मिलेको छ, उनले भने, अब मर्ने सोच त्याग्नुहोस्, वृद्धभत्ता अवश्य बढ्छ ।

वृद्धभत्ता दिएकोमा आफू आलोचित भएको भन्दै उनले वृद्ध भत्ता बढाएरै देखाउने बताए। उनले भनेु,कसैलाई वृद्ध भत्ता बढाएकोमा नमज्जा लागेछ। वृद्धभत्ता बढाएर के फाइदा रु भन्ने पनि सुनियो। बाआमालाई खुवाउदा पनि फाइदा खोज्ने भेटियो।

सामाजिक सुरक्षा सम्बन्धि पैसा खातामै राख्दिने सुविधा ल्याएको उनले बताए। उनले भने, थैलीका दिन गए, चेकका दिन आए।राख्नै परे थैलीमा कार्डमा राखिन्छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments