Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

झापा । हल्दिवारी गाउँपालिकाको शान, युवाहरुलाई खेलकुदमा प्रोत्साहन भन्ने मुल नाराका साथ दिपज्योती युवा परिवार हल्दिवारी–४ झापाले दोस्रो खुल्ला नकआउट भलिवल प्रतियोगिता गर्ने भएको छ । दिपज्योतीले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी माघ ८ देखि १३ गते सम्म नेपाल तथा भारतका १२ वटा टिमको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

भलिवल प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफि, मेडल, प्रमाणपत्रसहित नगद ५१ हजार एकसय रुपैयाँ र दोस्रो हुने टिमलाई २५ हजार एकसय रुपैयाँसहित ट्रफि, मेडल, प्रमाणपत्र पुरस्कार दिने खेलकुद आयोजक समितिका संयोजक धर्मप्रसाद काफ्लेले बताए ।

प्रतियोगितामा कालिबहादुर गण चारआली, झुम्का स्पोटिङ क्लव, आयोजक, सुरुङ्गा भलिवल क्लव, रानी प्रहरी तालिम केन्द्र, झापा गाउँपालिका, श्री जंगा स्पोटिङ क्लब, गोलधाप स्पोटिङ क्लव, इटहरी भलिवल, सिलिगुडी भलिवल क्लव, रानी प्रहरी बिट. र दमक भलिवल क्लवको सहभागिता रहने खेलकुद आयोजक समितिका सचिव नविन मैनालीले बताए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि कञ्चनजंघा सिमेन्ट, हल्दिवारी गाउँपालिका, हल्दिवारी गाउपालिका वडा नम्बर–४, पाथिभरा कालिका सामुदायिक बन उपभोक्ता समिति, समाजसेवी भरतकुमार सुवेदी, गैरआवाशीय नेपाली संघ मलेशियाले सहयोग गरेको सचिव मैनालीले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटनको अवसर पारेर हाम्रो नेपाल बचत तथा ऋण सहकारीले हल्दिवारीको दिपेन्द्र प्रावि, राष्ट्रिय एकता प्रावि, धनुष निमावि, किरातेश्वर संस्कृत गुरुकुलमा अध्ययनरत अति विपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिने हाम्रो नेपाल सहकारीका अध्यक्ष भानु दंगालले पत्रकार सम्मेलनमा बताए । त्यस्तै समाजसेवी सरस्वता चुडालले अति गरिव तथा विपन्न ३० परिवारलाई न्यानो कम्बल वितरण गर्ने जनाइएको छ । प्रतियोगिता समापनका दिन नेपाल स्वयमसेवी रक्तदाता हल्दिवारी शाखा, दिपज्योती युवा परिवार, नेपाल रेडक्रस सोसाइटी उपशाखा जलथलको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम समेत गरिने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न ६ लाख खर्चको अनुमान गरिएको छ । मेचीखबरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments