Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

बारा, २४ चैत्र । असिना पानीसहित आएको हुरीले यहाँ वितण्डा मच्चाएको एक साता भएको छ । प्रभावित क्षेत्रका अधिकांश गाउँलेको बास अहिले टेन्टमा छ । ओत लाग्ने अस्थायी व्यवस्था भए पनि उनीहरूमा सम्भावित हुरी र वर्षात्‌ले निम्त्याउन सक्ने विपत्तिको त्रास भने हटेको छैन ।

‘हुरी दोहोरिएर आए के गर्ने ? हामीसँग विकल्प नै छैन,’ भरबलियाका ७० वर्षीय रामचन्द्र मुखियाले भने, ‘अहिले हावाहुरीको मौसम छ । वर्षातको समय नजिकिँदै छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।

बासस्थानको समस्या बालबालिका र वृद्धवृद्धालाई बढी छ । गर्मी बढदो छ । शीतल ताप्ने छहारीसम्म छैन । रुखबिरुवा समेत हुरीले ढालेको छ, कतै हाँगाबिँगा उडाएको छ । ‘राति हावा आउँदा टेन्टसितै उडाएर लग्ला जस्तो हुन्छ,’ स्थानीय श्यामप्रसाद कुर्मीले भने, ‘डरैडरले रात काट्छौं ।’
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments