Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

काठमाडौं, २३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीको वराह क्षेत्रस्थित प्राचीन हरिद्वार मानिएको चतराधाममा शनिबार कुम्भको उदघाटन गर्दै अर्धकुम्भ मेला सुरु हुँदै छ। एक महिनासम्म चल्ने यो दोस्रो अर्धकुम्भ मेला हो।

नेपालका प्रथम जगद्गुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्यले संकल्प गरी महास्नानको सुरुवात गर्नेछन्। उनका अनुसार कुम्भमा महास्नान गरे एक लाखपटक पृथ्वीको परिक्रमा गर्दा वा एक सयपटक बाजपेय यज्ञ गर्दा वा एक हजारपटक अश्वमेध गर्दाको फल प्राप्त हुन्छ।

एक महिनामा राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिबारे बृहत् बहस, शास्त्रार्थ सम्मेलन, कोटी होम, पुराण वाचन आदि हुनेछ। विशेष स्नानका लागि चैत २३ र २७, वैशाख ६, २१ र २४ गते उपयुक्त रहेको आयोजकको भनाइ छ। जगद्गुरुले २०५९ सालदेखि नेपालमा कुम्भ मेला सुरु गरेका थिए।

कुम्भमा नेपाल, भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, नर्वे, भुटान र बर्माबाट भक्तजन आउने बालसन्त मोहनशरण देवाचार्यले जानकारी दिए।

तपाईको प्रतिक्रिया