Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

गौरादह, २१ चैत्र । गौरादह खानेपानी सरसफाई उपभोक्ता समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको छ । गत चैत्र १६ गते सम्पन्न निर्वाचनमा निर्वाचित भएका पदाधिकारीहरुलाई छैटौं पद सपथ ग्रहण, प्रमाण–पत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रमको आयोजना गरि विधिवत रुपमा पद हस्तान्तरण गरिएको हो ।

निवर्तमान उपाध्यक्ष दुर्गा गौतम र सचिव जिवन कार्कीले नवनिर्वाचित अध्यक्ष बाबुराम भण्डारी र सचिव डण्डीराज घिमिरेलाई निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए । त्यसअवसरमा पदाधिकारीहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो ।

निर्वाचन समितिका संयोजक डिल्लीराम अधिकारीको सभापतित्व्मा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिका का मेयर रोहित कुमार शाह प्रमुख अतिथि रहेका थिए । त्यसअवसरमा उपमेयर गीता भेट्वाल, नेकपा नगरअध्यक्ष मित्रदेव काफ्ले, नेपाली काँग्रेस नगर अध्यक्ष यादवराज सेढाईं, राप्रपा नगर अध्यक्ष शान्तिराम पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । निर्वाचन समिति सदस्य बद्रि कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रममा माधव कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया