Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

नेपालगञ्ज, १७ चैत्र । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै प्रदेश ५ मा प्रहरीले उसका गतिविधि रोक्न सक्रियता बढाएको छ । प्रदेशका १२ वटै जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको प्रदेश प्रहरीले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रहरी सक्रियत बढेसँगै विप्लव नेकपाको नेता, कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ । पछिल्लो दुई सातामा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पार्टीका जिल्ला इन्चार्ज, भातृ संगठनका अध्यक्ष, विभाग प्रमुख तथा सैन्य इन्चार्ज पनि छन् ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया