Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

बिर्तामोड,माघ ४ । पूर्वाञ्चल राष्ट्रिय दैनिकका प्रधान सम्पादक स्वर्गीय मदन ढकाललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।

पूर्वाञ्चल दैनिककले २३ औं वार्षिक उत्सवको अवसर पारेर स्वर्गीय ढकाललाई आज ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको हो । २१ हजार रुपैयाँ राशीको उक्त अवार्ड स्वर्गीय ढकालकी श्रीमती सावित्रा ढकाललाई प्रदान गरिएको थियो । अवार्ड कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, पूर्वाञ्चल दैनिकका प्रकाशक भरतलाल गिरी र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले संयुक्त रुपमा प्रदान गर्नुभयो ।

चार दशकसम्म निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील रही पत्रकारिताको श्रीवृद्धिमा स्वर्गीय ढकालले पु¥याएको योगदान सदैव स्मरणीय रहने चर्चा गर्दै उहाँलाई सो अवार्ड प्रदान गरिएको सम्पादक एकराज गिरीले जानकारी दिनुभयो । पत्रकार ढकालको गत वर्ष निधन भएको थियो ।

त्यस्तै स्वार्गीय पत्रकार ढकालको स्मृतिमा स्थापित ‘मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार गोविन्दचन्द क्षेत्रीलाई प्रदान गरिएको छ । १५ हजार रुपैयाँ राशीको सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि भण्डारीले प्रदान गर्नुभएको थियो । पुरस्कृत क्षेत्री पूर्वाञ्चल राष्ट्रिय दैनिक पत्रिकाको संस्थापक सम्पादक समेत हुनुहुन्छ ।

यसैबीच पूर्वाञ्चल राष्ट्रिय दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीलाई उत्कृष्ट पत्रकार सम्मान प्रदान गरिएको छ । सह सम्पादक भण्डारी पूर्वाञ्चल दैनिकमा विगत दश वर्षदेखि कार्यरत हुनुहुन्छ । पत्रिकाले उत्कृष्ट लेखक एवम् स्तम्भकार सम्मान अग्रज पत्रकार नकुल काजीलाई प्रदान गरेको छ भने उत्कृष्ट समाचारदाता सम्मान पत्रकार नरेन्द्र ढकालाई प्रदान गरिएको छ ।
यसैबीच उत्कृष्ट वजार व्यवस्थापकको रुपमा लीला आचार्य,उत्कृष्ट साहित्यकार भुवन तामाङ, उत्कृष्ट कम्प्यूटर प्राविधिक रुपा मुखिया, उत्कृष्ट वितरण व्यवस्थापक गंगा कट्टेल, उत्कृष्ट वितरण व्यवस्थापक भूपाल कार्की, उत्कृष्ट वितरक अनिल राजवंशी, युवराज माझी, शान्ति वराललाई सम्मान गरिएको छ ।

त्यस्तै उत्कृष्ट विज्ञापन दाताको रुपमा म्याक्स मिडिया र इन्नोभेट मिडिया काठमाडौंलाई सम्मान गरिएको थियो ।
पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालले स्वागत गरेको कार्यक्रममा अग्रज पत्रकार चिन्तामणि दाहाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, सम्मानित व्यत्तित्व क्षेत्री, मानवअधिकारकर्मी विष्णु खरेल, मिडिया नेपालका अध्यक्ष रञ्जित प्रसाई, लगायतले वोल्नुभएको थियो । कार्यक्रमको संचालन पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकालले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रेस युनियन झापाका सभापति कृष्ण हुँमागाई, पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्य, प्रस सेन्टरका जिल्ला अध्यक्ष टीकाराम उप्रेती लगायतको आतिथ्य रहेको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments