झापा, १२ मसिर २०८३ । धान झार्ने थ्रेसरबाट झापामा फेरि आगलागी भएको छ । आज बिहान कन्काई नगरपालिका-२ शान्ति टोल बस्ने ओमनाथ ढकालको धान झार्ने क्रममा थ्रेसरबाट आगलागी भएको हो । थ्रेसरबाट निस्किएको आगोको झिल्कोले आगलागी हुँदा ढकालको दुई विगाह खेतको पराल जलेर नष्ट भएको छ । जसबाट अन्दाजी ५० हजार मूल्य बराबरको क्षति भएको छ ।
बिहान ९:१५ बजे लागेको सो आगलागी बिर्तामोड नगरपालिकाको दमकल , प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान १०।३० बजे नियन्त्रणमा लिइएको थियो ।
पाँच दिनअघि पनि भद्रपुरका एकजना किसानको धान झार्ने क्रममा थ्रेसरबाट आगलागी भएको थियो ।
मंसिर ७ धान झार्ने क्रममा थ्रेसरबाट आगो लाग्दा भद्रपुर नगरपालिका–९ का कृषक चन्द्रबहादुर कार्कीको धान जलेर एक लाख बराबरको क्षति भएको थियो ।






