Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

काठमाडौं, १० मंसिर २०८३ । इजरायलले गाजाको देर अल–बलाहस्थित एक आवासीय भवनलक्षित हवाई आक्रमण गरेको छ । उक्त आक्रमणमा हमासका पूर्वउपशिक्षामन्त्री खालिद अबुन्दाह र उनकी श्रीमतीको मृत्यु भएको प्यालेस्टाइनी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसी फारसीले जनाएको छ ।

इजरायली सेनाले पनि आक्रमणको पुष्टि गर्दै हमासका एक वरिष्ठ सदस्यलक्षित कारबाही गरिएको जनाएको छ । सेनाले घटनाबारे थप विवरण पछि सार्वजनिक गर्ने भनेको छ ।

यसैबीच, पछिल्ला केही घण्टामा इजरायलले गरेका तीन छुट्टाछुट्टै हवाई आक्रमणमा कम्तीमा आठ प्यालेस्टाइनीको मृत्यु भएको गाजाका अधिकारीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया