Online Bichar
सोमबार, मंसिर ०८, २०८३ | Monday, November 23, 2026

झापा, ७ मंसिर २०८३ । तेह्रथुममा जबरजस्ती करणी गरी ८ वर्ष कैद सजाय तोकिएर फरार रहेका एक अभियुक्तलाई झापा गाउँपालिकाबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नं ७ सिमलवारी टापु बस्ने ५१ वर्षीय लाख दोर्जे योन्जन रहेका छन् । सादा पोशाकमा खटिएको इलाका प्रहरी कार्यालय आठराई तेह्रथुमका प्रहरी सहायक हवल्दार समुन सेन्दाङ कमाण्डको टोलीले आज दिउँसो १२ः३५ बजे योन्जनलाई उनको घरबाटै नियन्त्रणमा लिएको हो ।

जबरजस्ती करणी मुद्धामा योन्जनलाई जिल्ला अदालत तेह्रथुमले २०८१ असार १६ गते ८ वर्ष कैद सजाय सुनाएको थियो । तर, योन्जन फरार रहेका थिए । उनलाई पक्राउ गरी हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया