काठमाडौं, ३ मंसिर २०८३ । विश्वकप विजेता जुआन माटाले व्यावसायिक फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । बुधबार माटाले सामाजिक सञ्जालमा एक भिडियो सामग्री सार्वजनिक गर्दै सन्न्यासको घोषणा गरेका हुन् ।
इन्स्टाग्रामा सार्वजनिक गरिएको उक्त भिडियोमा उनले भने, “कहिलेकाहीँ माया गर्नु भनेको जान दिनु पनि हो । फुटबलप्रति म आभार छु । धन्यवाद ।”
माटाले स्पेनिस क्लब रियाल मड्रिडको युवा टिमबाट खेल्दै व्यावसायिक करियर सुरु गरेका थिए । त्यसपछि उनले अर्को स्पेनिस क्लब भ्यालेन्सियाबाट खेलेका थिए । जुन उनको करियरको टर्निङ प्वाइन्ट मानिन्छ ।
माटाले टोलीलाई कोपा डेल रे जिताए । यसपछि उनी इंग्लिस क्लब चेल्सीको नजरमा परे । चेल्सीले उनलाई पाँच वर्षका लागि भित्र्यायो । चेल्सीमा उनी चम्किए । उनले चेल्सीलाई यूईएफए च्याम्पियन्स लिग, युरोपा लिग, एफए कप र फिफा क्लब विश्वपको उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेले ।
चेल्सीपछि माटाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, टर्किस क्लब गलातासारे, जापानिज क्लब भिसेल कोब, अस्ट्रेलियन क्लब वेस्टर्न सिटी वान्डरर्स र मेल्वर्न भिक्टोरी क्लबाट खेले । माटाले यी टिमहरूबाट व्यावसायिक फुटबल खेल्दा १०४ गोल गरे ।
साथै, उनी सन् २०१० को विश्वकप विजेता टोलीमा पनि थिए । स्पेनले सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकप जित्दा उनी टिममा थिए । उनले स्पेनलाई सन् २०१० मा युरोपियन च्याम्पियनसिप पनि जिताए । इटालीलाई ४–० ले पराजित गरेको फाइनलमा उनले एक गोल गरेका थिए ।






