Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

झापा, १ मंसिर २०८३ । वैदेशिक रोजगारीका नाममा लाखौ रुपैयाँ ठगी गरी फरार रहेका भद्रपुरका एक अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-६ बस्ने ५५ वर्षीय गोपाल उराउ रहेका छन् । उनलाई कात्तिक २८ गते साँझ ६ बजे भद्रपुर ४ झापा चोकमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी सहायक हवल्दार निर्मल श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बैदेशिक रोजगार मुद्दामा बैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७८ फागुन १६ गतेको फैसलाले उराउलाई ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको थियो । तर, उनी पाँच वर्षदेखि फरार रहेका थिए । पक्राउ परेका उराउलाई आवश्यक अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया