Online Bichar
आइतबार, कार्तिक ३०, २०८३ | Sunday, November 15, 2026

झापा, २८ कार्तिक २०८३ । झापाका दुई पत्रकार दुर्गा प्रसाईको नेपाल पथ पार्टीमा प्रवेश गरेका छन् । पत्रकारहरु विमर्श उप्रेती र दिलिप थापा नेपाल पथ पार्टीमा प्रवेश गरेका हुन् । उप्रेती राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट मिडिया नेपालका जिल्ला सदस्य र थापा नेपाली कम्युनिष्ट पार्टीनिकट समाजबादी प्रेस संगठनका केन्द्रीय सदस्य रहेका थिए ।

पूर्वाञ्चल क्यान्सर अस्पतालको सभाहलमा नेपाल पथ पार्टीको आयोजनामा पार्टीका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाई, पार्टीका मधेश प्रदेश प्रमुख देबी संग्रौला, कोशी प्रदेश उपप्रमुख मधुकान्त सिटौलालगायतको सहभागितामा उनीहरुलाई पार्टी प्रवेश गराइएको हो ।

सो कार्यक्रममा एमालेनिकट युवा संघका केन्द्रीय लेखा सचिब जेनिस नेम्वाङ पनि पार्टीका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईको हातबाट टीका लगाई नेपाल पथ पार्टीमा प्रबेश गरेका छन् ।

तपाईको प्रतिक्रिया