Online Bichar
आइतबार, कार्तिक ३०, २०८३ | Sunday, November 15, 2026

काठमाडौं, २८ कार्तिक २०८३ । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् । उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए ।

घिमिरेले उनी पक्राउ परेको पुष्टि गरेपछि पक्राउको कारण भने खुलाएनन् ।

प्रहरी स्रोतका अनुसार, उनलाई विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क देखिएपछि पक्राउ गरिएको हो ।

उमेश भने कांग्रेसका पूर्व कोषाध्यक्ष हुन् । पक्राउ परेका महेशसँग विचौलिया सापकोटाको बैंकिङ कारोबार देखिएको प्रहरी स्रोतको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया