काठमाडौं, २८ कार्तिक २०८३ । काठमाडौंको यूएन पार्क अगाडिको एक भवनमा आगलागी भएको छ ।
ललितपुर महानगरपालिका–१० कार्यालयको देब्रेपट्टि रहेको उक्त भवनमा ‘सेकुवालय’ नामक रेस्टुरेन्ट सञ्चालित थियो ।
केहीबेर अघिबाट लागेको आगो अहिले केही नियन्त्रणमा आएको छ । आगलागीको कारणबारे थाहा पाइएको छैन । अहिले आगलागी नियन्त्रणका लागि दमकलहरू आइपुगेका छन् ।






