Online Bichar
शनिबार, कार्तिक २२, २०८३ | Saturday, November 7, 2026

काठमाडौं, २० कार्तिक २०८३ । त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८३/०८४ का लागि स्नातकोत्तर तह पहिलो सेमेस्टरको भर्ना कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गरेको छ।

विश्वविद्यालयका अनुसार मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन संकाय तथा वन विज्ञान, कृषि र पशु विज्ञान र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा नयाँ विद्यार्थी भर्नाका लागि यो कार्यक्रम सार्वजनिक गरिएको हो । शुक्रबार प्रकाशित सूचनाअनुसार मंसिर महिनाभित्र आवेदन फाराम वितरण तथा बुझाउने काम हुनेछ भने २०८३ माघ महिनादेखि कक्षा सञ्चालन सुरु हुनेछ।

​त्यसैगरी, यस शैक्षिक सत्रको अन्तिम परीक्षा २०८४ जेठ महिनामा र नतिजा प्रकाशन २०८४ भदौ महिनामा हुने तालिका निर्धारण गरिएको छ। विद्यार्थीहरूले प्रवेश गर्न चाहेको प्रत्येक संकाय, अध्ययन संस्थान र विषयअनुसार क्याम्पसमा छुट्टाछुट्टै आवेदन फाराम बुझाउनुपर्नेछ ।

यसैगरी फारामसँगै हालसालै खिचेको फोटो तथा ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ। प्रवेश परीक्षा तथा भर्नासम्बन्धी अन्य विस्तृत जानकारी सम्बन्धित डिनको कार्यालयले निर्धारण गरेबमोजिम हुने सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया