Online Bichar
मंगलबार, कार्तिक १८, २०८३ | Tuesday, November 3, 2026

झापा, १७ कार्तिक २०८३ । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको करिव डेढ लाख मूल्य बराबरको पटका प्रहरीले बरामद गरेको छ । हिजो दिउँसो ४ः३५ बजे झापा गाउँपालिका वडा नं. २ कुवाडीमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक सुवास ढुङ्गानाको कमाण्डमा र सशस्त्र प्रहरी बल नेपाल बिओपी टाघनडुब्बाबाट सशस्त्र प्रहरी हवल्दार भरत चौधरीको कमाण्डमा खटिएको संयुक्त गस्ती  टोलीले अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको बिभिन्न किसिमका अन्दाजी मूल्य १ लाख बराबरको २ बोरा पटका बरामद गरेको हो ।

पटका ल्याउनेहरु प्रहरी देख्नसाथ तत्काल बोरा छोडी फरार भएका थिए । ती पटका बरामद गरी इलाका प्रहरी कार्यालय कुमरखोदमा ल्याई राखिएको छ ।

त्यस्तै हिजो बिहान १० बजे भद्रपुर बजारस्थित बैजु साहको घरको पछाडी झाडीमा लुकाई राखेको ५० हजार मूल्य बराबरको पटका प्रहरीले बरामद गरेको छ । गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी सहायक निरीक्षक श्यामकृष्ण यादबको कमाण्डमा र सशस्त्र प्रहरी बल न.२ गण हेक्वा झापाबाट खटिएको संयुक्तको टोलीले जगमग चकलेट पटका १०० प्याकेट बरामद गरी वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याई राखिएको छ।

तपाईको प्रतिक्रिया