काठमाडौं, १६ कार्तिक २०८३ । संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिनका लागि सुनुवाइ समितिको बैठक बसेको हो ।
बैठक केहीबेरदेखि सिंहदरबारमा जारी छ । त्यस्तै, प्रस्तावित राजदूत थापा पनि दिउँसो सवा दुई बजेतिर सिंहदरबार प्रवेश गरेका छन् ।
उनको सुनुवाइ सकेर निर्णय होल्ड भएको थियो ।
प्रस्तावित राजदूतलाई किन बोलाएको भन्ने प्रश्नमा रास्वपाका एक सांसदले भने, ‘फिर्ता लिन आग्रह गर्न होला ।’






