Online Bichar
आइतबार, कार्तिक १६, २०८३ | Sunday, November 1, 2026

काठमाडौं, १५ कार्तिक २०८३ । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ कैदीबन्दी फरार भए । जमिनमा सुरुङ खनेर ८ कैदीबन्दी फरार भएपछि कारागारको सुरक्षामा प्रश्न उठेको छ ।

चौबिसै घण्टा सुरक्षा निगरानीमा हुने कारागारमा कैदीबन्दी एकाएक कसरी सुरुङ खनेर फरार हुन सफल भए रु ड्युटीमा खटिएका प्रहरीले सुरुङ खनेर भाग्दा समेत किन जानकारी पाएनन् रु प्रश्नहरू पेचिलो बनेको छ ।

यस्तै प्रश्नहरूबाट छानबिन गर्न भन्दै समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख तथा डीएसपी अनिलराज गिरीले बताए । उनका अनुसार इन्स्पेक्टर विनय सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रशासन कार्यालय डोल्पाका एक जना प्रतिनिधि र राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी सदस्य छन् ।

समितिले प्रतिवेदन दिएपछि कसरी भागे भन्ने विषय बल्ल बाहिर आउने डीएसपी गिरी बताउँछन् । उनका अनुसार यो घटना १३ कात्तिकको राति भएको हो । १४ कात्तिकको बिहानमात्रै आफूलाई जानकारी आएको गिरीले बताए ।

उक्त कारागारमा १७ जना कैदीबन्दी बसेका थिए । जसमध्ये सुरुङ खनेर ८ जना फरार भएका हुन् ।

‘पर्खाल नै भत्काएर सुरुङ खनेर भागेको देखिन्छ । हामी अनुसन्धान गरिरहेका छौं,’ डीएसपी गिरीले अनलाइनखबरसँग भने ।

यसरी फरार हुनेहरूमा त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी–४ का २८ वर्षीय धनबहादुर भनिने हरिबहादुर बुढा, बोरेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी, आठबिसकोट–१० कै ३२ वर्षीय रामबहादुर कामी, कुमाख गाउँपालिका–५ सल्यानका २८ वर्षीय रेशम राना, जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार र आठबिसकोट–३ का ३२ वर्षीय निशान भनिने अदेश भण्डारी छन् ।

अहिलेसम्म पनि उनीहरू आठै जजना फरार नै छन् । खोजीका लागि प्रहरी परिचालन गरिएको डीएसपी गिरीले बताए । राति १० बजेसम्म उनीहरू सामान्य अवस्थामै बसेको देखिएको छ । त्यसपछि भने सुरुङ खन्न सुरु गरेको पाइएको प्रहरीले बताएको छ । सुरुङ खन्नका लागि उनीहरूले रड प्रयोग गरेको देखिएको प्रहरीको भनाई छ ।

 

 

 

तपाईको प्रतिक्रिया