Online Bichar
आइतबार, कार्तिक १६, २०८३ | Sunday, November 1, 2026

काठमाडौं, १४ कार्तिक २०८३ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आठौं खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्स लाई १०६ रनको विजयी लक्ष्य दिएको छ।

शनिबार त्रिवी क्रिकेट स्टेडियममा भएको खेलमा निर्धारित ५ ओभरमा विराटनगरले २ विकेटको क्षतीमा १०५ रन बनाएको हो। विराटनगर किंग्सको लागि ओपनर सेहान जयसुरियाले सर्वाधिक ३९ रन बनाए। उनले ११ बलमा २ चौका र ५ छक्कासहित ३९ रन बनाए। पहिलो ओभरमा सेहान जयसुरियामा ५ छक्का प्रहार गरे। पहिलो ओभरमा सुदूरपश्चिम रोयल्सका बलर पहिलो ओभरमा ३५ रन खर्चिए। १.२ ओभरमा विराटनगर किंग्सले ५२ रन बनाएको थियो। १.५ ओभरको पावरप्ले रह्यो। पावरप्लेमा विराटनगर किंग्सले बीना कुनै विकेटको क्षती ५३ रन बनाएको थियो। २ ओभरमा बिना कुनै विकेट ६० रन बनाएको थियो।

विराटनगरले पहिलो विकेटको रुपमा सेहान जयसुरियाको विकेट गुमायो। पहिलो विकेटको लािग सेहान र लोकेशले ६८ रनको साझेदारी बनाएका थिए । लोकेश बम अन्तिम बलमा २५ रन बनाउँदै क्याच भए। आन्द्रे रसेल २९ रनमा अविजित रहे। सुदूरपश्चिम रोयल्सका लागि दुवै विकेट अभिनाश बोहोराले लिए।

 

आजको पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजले वर्षाको कारण १र१ अंक बाँडेका हुन्।

तपाईको प्रतिक्रिया