Online Bichar
आइतबार, कार्तिक १६, २०८३ | Sunday, November 1, 2026

काठमाडौं, १४ कार्तिक २०८३ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा विराटनगर किंग्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । शनिबार (कात्तिक १४) राति कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि खेलको टसको समय दुईपटक परिवर्तन गरेको थियो । क्यानले बेलुका ५ बजे सुरु हुनपर्ने यो खेलको टस वर्षाका कारण ७ः२५ मा गर्ने जनाएको थियो । उक्त सयमा पनि हुन नसकेपछि क्यानले टस राति ९ बजे गर्ने जनाएको थियो ।

यो खेल पाँच ओभरको हुनेछ ।

खेलमा सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । टोली हाल दुई खेल खेल्दा समान एक जित र हार व्यहोर्दै पाँचौँ स्थानमा छ ।

टोलीले लुम्बिनीसँग पहिलो खेल हार्दा पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको जित निकालेको थियो । विराटनगर भने पहिलो जितको खोजीमा छ ।

टोलीले दुई खेल खेलिसक्दा पनि अंक जोड्न सकेको छैन । टोलीले पहिलो खेलमा चितवनसँग हार व्यहोरेको थियो । कात्तिक १२ गते भएको खेलमा कर्णाली याक्ससँग चार विकेटको पराजय भोगेको थियो ।

 

तपाईको प्रतिक्रिया