काठमाडौं, १३ कार्तिक २०८३ । साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक करिब साढे पाँच अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ५.४५ अंकले घटेर २६९०.१५ विन्दुमा अडिएको हो। नेप्सेमा गिरावट आएपनि कारोबार रकम भने बिहीबारको तुलनामा वृद्धि भएको छ।
अघिल्लो दिन बिहीबार नेप्से परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेको थियो। सो दिन ८ अर्ब ५७ करोड मूल्य बराबरको कारोबार भएको थियो।
यसदिन ३४८ वटा स्क्रिप्सको २ करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १०२ वटा स्टक्सको मूल्य बढ्दा १६९ वटाको घट्यो। बाँकी ८ वटा स्टक्सको मूल्य स्थिर रह्यो। यसदिन बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर सर्वाधिक १४.९९ प्रतिशतले बढ्यो।
स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर १२.११ प्रतिशतले बढ्दा लुम्बिनी विकास बैंकको ७ प्रतिशत,ग्रिन डेभलपमेन्ट बैंकको ६.६४ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर ५.४४ प्रतिशतले बढ्यो।
३८ करोड मूल्य बराबरको सेयर कारोबार गरी लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रह्यो। शिवम् सिमेन्टले ३० करोडको सेयर कारोबार गर्दा घलेम्दी हाइड्रो पावरले २७ करोड,ग्रीन भेन्चर्सले २६ करोड र सोलु हाइड्रोपावरले १९ करोड मूल्य बराबरको सेयर कारोबार गरे।
यसदिन पाँचवटा समूहको उपसूचक सकारात्मक देखिए। डेभलपमेन्ट बैंक,म्युचुअल फण्ड,नन लाइफ इन्स्योरेन्स,अदर्श र ट्रेडिङ समूहको उपसूचक सकारात्मक बन्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिएका हुन्।






